१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चार महिना देखि तलब नपाउदाँ हरिपुर्वाका शिक्षक आन्दोलित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

चार महिना देखि तलब नपाउदाँ हरिपुर्वाका शिक्षक आन्दोलित

सर्लाही,३१ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिकाको शिक्षकहरु आन्दोलित भएका छन । नगरपालिकाले प्रथम त्रैमासिक तलब भत्ता नदिएको भन्दै हरिपुर्वाका सम्पुर्ण विद्यालयका शिक्षकहरु असोज २७ गते देखि नै आन्दोलित बनेको छ ।

दशै विदा सकिसके पनि तलब भत्ता सम्बन्धि शिक्षा शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत नगर प्रमुख तथा उपप्रमुख बाट संतोष जनक जवाफ नआए पछी आफुहरु आज पनि धर्नामा बसेको केश्वर गरिब जन्ता माविका शिक्षक संजय कुमार यादवले आरोप लगाउनुभयो ।

शिक्षकहरुको तलब भत्ताको ठोस निर्णय नगरे आफुहरुले नगरपालिकामा तालाबन्दी समेत गर्ने शिक्षक यादवले बताए । हरिपुर्वा नगरपालिकाले अहिले सम्म पनि बजेट ल्याउन नसकनु दुखद रहेको छ, शिक्षकहरु बिगत ४ महिना देखि तलब लिएका छैन रामजानकी माविका शिक्षक चितरन्जन सिंहले भन्नुभयो । आफुहरु मंगलवार सम्म पर्खिने छु, मंगलवार पनि नगरपालिकाले तलब भत्ता सम्बन्धि ठोस निर्णय नगरे नगरपालिकामा तालाबन्दी गर्ने शिक्षक सिंहले जानकारी दिनुभयो ।

नगर प्रमुख विनोद साहका अनुसार जनप्रतिनिधिहरु नगरसभा प्रति गम्भिर नभएकोले समयमै नगर सभा नहुदाँ शिक्षकहरुको तलब भत्ता रोकिएको बताउनुभयो । आफु नगर सभा गराउन प्रयासरत छु, छिटै शिक्षकहरुको समस्या समाधान हुने नगर प्रमुख साहले प्रतिवद्धता व्यक्त गर्नुभयो।

आफुहरु पटक पटक कार्यपालिका बैठक बसी नगर सभाको लागि प्रयास गरे पनि अलपमतमा परेर नगर सभा गराउन असफल भएको नगर प्रमुख साहको भनाइ छ । असोज ५ गते देखि नगर सभाको लागि एक किसिमको समझौता भएपनि विभिन्न मितिमा नगरसभाको लागि बैठकको समय तोकेपनि जनप्रतिनिधिहरु बैठकमा सहभागी नभएको हुदा नगर सभा रोकिएको नगर प्रमुख साहले बताउनुभयो ।

शिक्षकहरुले सोमवार(आज) नै तालाबन्दी गर्ने योजना बनाए पनि मंगलवार सम्म कुर्न भनेको छु, शिक्षक तथा अन्य कर्मचारीहरुको समस्या समाधानको लागि आफु गम्भिर भएर लागेको नगर प्रमुख साहको भनाइ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.