३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा ६ जनाले एमाले त्यागेर समाजवादी रोजे – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

हरिवनमा ६ जनाले एमाले त्यागेर समाजवादी रोजे

सर्लाही,३१ असोज । सर्लाहीको हरिवनमा नेकपा एमाले परित्याग गरी ६ जना कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । हरिवन ११ स्थित कडरीया चोकमा रहेको एकीकृत समाजवादी पार्टीको सम्पर्क कार्यालयमा समाजवादी युवा संघका जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य सिङ्गी योन्जनको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुमा राम बहादुर जिम्बा, बीर बहादुर घलान, सुरेश सुनुवार, गोरे पाख्रिन, दिल बहादुर पाख्रिन र राज बहादुर मोक्तान रहेको एकीकृत समाजवादी पार्टीका हरिवन नगर अध्यक्ष सुकदेव कार्कीले बताउनुभयो ।

उहाँले एकीकृत समाजवादी पार्टी प्रति पछिल्लो समय जनलहर बढेको बताउनुभयो । नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको थियो । चुनाव नजिकिएसँगै एक दलबाट अर्को दलमा प्रवेश गर्नेको लहर चलि नै रहेको छ ।

यसैक्रममा नेकपा एमाले परित्याग गरी एमालेका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्नुलाई पार्टीको नीति, विचार र सिद्धान्तलाई जनताले बुझ्दै गएको रुपमा लिइएको सो पार्टीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.