१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।सोमवार चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङको अध्यक्षतामा डेंगी रोग नियन्त्रण सम्बन्धि सरोकारबालाहरु सँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा दिन प्रति दिन डेंगी रोग बढिरहेको र त्यसको निराकरण तथा न्युनिकरण के कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न व्यक्तिहरु सँग छलफल गरिएको चन्द्रनगर गाउँपालिकान स्वास्थ्य शाखाका संयोजक अमृत चौधरीले जानकारी दिनुभयो ।

डेंगी रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रमकै अवसरमा तिन वटा स्वास्थ्य सस्थाहरुलाई पुरस्कृत समेत गरिएको छ । चन्द्रनगर गाउँपालिका भरी रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा समेत गरिएको थियो । समिक्षामा पहिलो स्थान बबरगंज स्वास्थ्य चौकी, दोश्रो स्थान किसनपुर स्वास्थ्य चौकी र तेश्रो स्थान मोहनपुर स्वास्थ्यले ल्याएका थिए ।

पहिलो,दोश्रो र तश्रो स्थान ल्याएका स्वास्थ्य संस्थालाई पुरुषकार सहित सम्मान पत्र प्रदान गरिएको चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक मुकेश महतोले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता देवी महतो, अधिकृत छैठो कृष्ण प्रसाद आचार्य, वडा नं. १ का वडा अध्यक्ष रामेश्वर महतो, २ नं. का वडा अध्यक्ष शम्भु साह,वडा नं. ३ का वडाअध्यक्ष सिताराम महतो, वडा नं. ४ का वडा अध्यक्ष राजिव सिंह दनुवार , वडा नं. ५ का वडा अध्यक्ष सुर्यवंश राय, वडा नं. ६ का वडा अध्यक्ष रामस्वरुप राउत , वडा नं. ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायत स्वास्थ्यकर्मी र कर्मचारीहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.