३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारस्थानीय

ईश्वरपुरमा बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते

सर्लाही । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकामा बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन । वडा न–१२ स्थित बाँकेको जंगलमा सोमबार बिहान यात्रुबाहक बस अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौंबाट भैरहवा जाँदै गरेको बा ४ ख ३३७७ नम्बरको बस बिहान करिब ३ बजेतिर बाँकेको जंगलमा एक्कासि अनियन्त्रित भएर सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार रहेका ३३ जना यात्रु मध्ये २३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ ।

डिएसपी यादवका अनुसार २ जना गम्भीर घाइते,११ जना मध्यम घाइते र १० जना सामान्य घाइते भएका छन् ।गम्भीर घाइतेहरुलाई थप उपचारको लागि झापा रेफर गरिएको र मध्यम घाइतेहरुको जिल्लामै विभिन्न स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने सामान्य घाइतेहरु प्राथमिक उपचार पश्चात् आआफ्नो गन्तव्य तर्फ गइसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.