१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही क्षेत्र नं. २ मा राजेन्द्र महतोको अग्नि परीक्षा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं. २ मा राजेन्द्र महतोको अग्नि परीक्षा

सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। सत्तारूढ गठबन्धनबाट यादव र एकल उम्मेदवार रहेका महतोबीच चुनावी प्रतिस्पर्धा हुनेछ। कुनै समय एउटै पार्टी र एउटै दलमा आबद्ध रहेका दुई हस्ती अहिले छुट्टाछुट्टै चुनावी मैदानमा प्रतिस्पर्धामा छन्। मधेशको राजधानी जनकपुरधामबाट अघिल्लो निर्वाचनमा निर्वाचित लोसपाका वरिष्ठ नेता महतो गठबन्धनका उम्मेदवार महेन्द्र राय यादवलाई पराजित गर्न कम्मर कसेर एक्लै लागेका छन्।

महतो निर्वाचित धनुषाको क्षेत्र नं. ३ मा पूर्व आन्तरिक सहमतिअनुसार जनकपुर छाडेर गृह जिल्ला जाने र उनको स्थानमा जुली महतोलाई सघाउने वाचाअनुरूप राजेन्द्र महतोले यो क्षेत्रबाट पछि हटेको एक स्रोतको पुष्टयाइँछ। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका सदस्यद्वय महतो र यादव बीचको चुनावी भिडन्तलाई मधेशको राजनीतिमा देखिएको फुटपछिको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमाले सचिव रघुवीर महासेठले सहयोग गरेकै कारण उनकी श्रीमती जुलीकुमारी महतोलाई धनुषा–३ छाडेर राजेन्द्र महतो पुरानै क्षेत्रमा निर्वाचित महिन्द्रराय यादवसँग प्रतिस्पर्धा गर्दैछन्।

महतोले २०७४ सालको निर्वाचनमा कांग्रेसका विमलेन्द्र निधिलाई धनुषा–३ बाट २ हजार ९०३ मतले पराजित गरेका थिए। महतोले ३० हजार ७४२ मत ल्याउँदा निधिले २७ हजार ८२८ मत पाएका थिए। तत्कालीन राजपाबाट उम्मेदवार बनेका उनलाई संघीय समाजवादी फोरम नेपालले सघाएको थियो।सर्लाहीमा तत्कालीन नेपाल सद्भावना पार्टी अध्यक्षको हैसियमा निर्वाचन लडेका महतोको मुख्य बाधक नेपाली कांग्रेसका उम्मेदवार बन्दै आएका थिए। अहिले गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने यादवलाई नेपाली कांग्रेसले नै समर्थन गर्ने भएपछि महतोलाई यो क्षेत्रमा जित निकाल्न सहज भने छैन।

तर, असहजलाई चुनौती दिर्दै विमलेन्द्र निधिको प्रतृक विरासतमा पार्टीको झण्डा फहराएका महतोले निर्वाचनको संघर्षको मैदानका रूपमा हेर्नुपर्ने तर्क छ। २०४८ र २०५१ सालमा पराजित भएका महतो २०५६ को निर्वाचनमा विजयी भएका थिए। २०६४ सालको पहिलो संविधान सभाको चुनावमा सर्लाही–४ बाट विजयी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग पराजित भएका थिए। यादवले ११ हजार ५३४ मत पाउँदा महतोले ८ हजार ७९० मत पाएका थिए। यी दुई चिरपरिचित प्रतिद्वन्द्वीको राजनीतिक इतिहास हेर्ने हो भने महेन्द्र राय यादव राजनीतिकका चतुर खेलाडी हुन् भने महतो असम्भवलाई सम्भवमा ढाल्न कुनैपनि प्रयत्न गर्न पछि नहट्ने संघर्षको मैदानका रूपमा रहेका छन्। महतो स्व. गजेन्द्रनारायण सिंहको नेपाल सद्भावना पार्टीबाट २०४८ सालमा पहिलो पटक उम्मेदवारी दिएका थिए भने यादवले नेकपा एमालेबाट आफ्नो संसदीय यात्रा तय गरेका हुन्।

सर्लाही २ मा २०४८ र २०५१ मा नेपाली कांग्रेसकी मीना पाण्डेले महतोलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। २०५६ सालको निर्वाचनमा महतोले राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर थापालाई पराजित गरेका थिए।२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भने तत्कालीन नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टीका उम्मेदवार मोहम्मद रिजवान अन्सारीलाई पराजित गर्दै विजयी भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका थिए।

उनले नेकपा एमालेको सुरेन्द्रकुमार लामालाई पराजित गरेका थिए। राजनीतिका चतुर खेलाडी महेन्द्र राय यादवलाई जसपा छाडेपछि चुनाव जित्न कठिन हुने आँकलनका बीच नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट गठबन्धनको उम्मेदवार बन्दा सशक्त भएका छन्। सर्लाही क्षेत्र नं २ ’क’ प्रदेशसभा सदस्य तथा लोसपा नेता गौरीनारायण साह समानुपातिकमा सिफारिस भएपछि राजेनद्र महतो झन मजबुत भएका छन्।
यस्तो छ अंकगणित
गत स्थानीय तह निर्वाचनमा सर्लाही २ को पाँच पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। क्षेत्रमा पाँच पालिकाबाहेक कविलासी नगरपालिकाका ८, ९ र १० वडा, विष्णु गाउँपालिकाको ५, ६, ७, ८ वडा र ईश्वरपुर नगरपालिकाको १५ नं वडा गरी आठ वटा वडा पर्छन्। यस क्षेत्रभित्र पर्ने ४९ वडामध्ये अधिकांशमा कांग्रेस अगाडि छ। क्षेत्रको हरिपूर्वा नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवार विनोदकुमार शाह तेली पाँच हजार ९९ मत ल्याई जसपाका योनारायण रायलाई पराजित गरेका थिए।

रायले ३ हजार ४९५ मत ल्याएका थिए। यसमा लोसपा तेस्रो, एमाले चौथो र जनमत पाँचौँ स्थानमा छ। यस्तै पर्सा गाउँपालिका पनि कांग्रेसका उम्मेदवार धीरेन्द्र राय २ हजार ४६६ मत ल्याएर विजयी हुँदा जसपाका दिनेशकुमार यादवले एक हजार ८५८ मत पाएका थिए। यहाँ पनि लोसपा तेस्रो, माओवादी केन्द्र चौथो स्थानमा छ। अर्को गाउँपालिका ब्रह्मपुरी गाउँपालिका पनि कांग्रेसले जितेको छ।

कांग्रेसका उम्मेदवार रामपदारथ साह तेलीले चार हजार ६६८ मत ल्याउँदा लोसपाका उम्मेदवार विनोदकुमार साहले तीन हजार २७१ मत ल्याएका थिए। यहाँ जसपा तेस्रो र माओवादी चौथो स्थानमा छ।यस क्षेत्रमा पर्ने मलंगवा नगरपालिका कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद यादवले नौ हजार ७८ मत ल्याएर विजयी भएका छन भने प्रतिद्वन्दी जसपाका उम्मेदवार निरशल साहले चार हजार ६३९ मत पाएका थिए। यहाँ एमाले तेस्रो, माओवादी चौथो स्थानमा छ। त्यस्तै कौडेना गाउँपालिकामा कांग्रेसले जितेको छ।

यसमा दोस्रो स्थानमा जसपा, लोसपा तेस्रो र जनमत चौथो स्थानमा छ।स्थानीय तहको मत परिणाम हेर्दा यस क्षेत्रमा नेपाली कांग्रेस बलियो देखिएकाले पनि गठबन्धनका उम्मेदवारको पल्लाभारी हुने देखिन्छ। यसअघिको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका जंगीलाल राय यादव यिनै महिन्द्रराय यादवसँग पराजित भएका थिए। २०७४ को प्रतिनिधि सभा चुनावमा यादवले २९ हजार १९१ मत ल्याएका थिए भने जंगीलाल राय यादवले १८ हजार ९७६ मत पाएका थिए।मधेशको राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका लोसपाका वरिष्ठ नेता महतोले र अध्यक्ष यादव बीचको दुई पक्षीय भिडन्त रोचक बन्ने देखिएको छ।

सर्लाही २ कांग्रेसको आधार इलाकामा लोसपा नेता महतोले नेपाली कांग्रेसका नेता जंगीलाल महतो र महेन्द्र राय यादव दुवैलाई चुनौती दिनका निर्वाचित क्षेत्र त्यागेर गृहजिल्ला सर्लाहीको संसदीय क्षेत्रबाट उम्मेदवारी दिएका छन्। धनुषाको क्षेत्र नं. ३ मा चुनाव नलडेर सर्लाही क्षेत्र २ मा राजेन्द्र महतोले किन उम्मेदवारी दिए भन्ने प्रश्न अधिकांश मतदाताहरूको रहेको छ। जवाफमा महतोले आफ्नो क्षेत्रका जनताले आफ्नै मातृभूमिको आवश्यकता छ भनेर बोलाएपछि फर्किएर मातृभूमिमा संघर्ष गर्ने बताए।

राजेन्द्र महतो अहिले चुनाव प्रचार–प्रसारमा व्यस्त छ। महतोले भने, ’आफू जित्नेमा कुनै शंका नरहेको महतो बताउँछन्। सबै हिसाव किताव गरेरै डिटरमाईन्ड भएर सर्लाही आएको हुँ, जोखिमको हिसाब किताब गरेरै आएको छु। ४ मंसिर मेरो जित सुनिश्चित हुनेमा म विश्वस्त छु।’
महतोको राजनीतिक यात्रा
२०४६ सालको आन्दोलन अगाडी राजेन्द्र महतो काठमाण्डौमा अध्ययन गर्नुका साथै व्यापार व्यवसायमा संलग्न थिए। प्रवीणता प्रमाण पत्र तह र स्नात्तकसम्मको अध्ययन गर्दा काठमाण्डौमा मधेशी समुदायप्रति हुने गरेको भेदभाव र विभेद उनले आफैं पनि भोगेका थिए। त्यसकारण २०४६ सालको आन्दोलनमा गजेन्द्रनारायण सिंहको तत्कालीन सद्भावना परिषदमा अप्रत्यक्ष रूपमा सहयोग गरे।

पञ्चायत कालमा नै गजेन्द्र नारायण सिंह सप्तरीबाट लड्दा धोतीको पहिचान र मधेशको मुद्दा उठाउँदा सिंहप्रति महतो विद्यार्थी कालदेखि नै आकर्षित थिए। अध्ययनपश्चात् काठमाडौंमा उनी व्यापारमा जमेका थिए। विभिन्न सेवा मुलक व्यवसायमा जमेका महतो २०४६ सालको आन्दोलन पछि काठमाडौंको डिल्ली बजारमा गजेन्द्र नारायण सिंहसँगको भेटघाट पछि सद्भावना परिषदमा आवद्ध भए। २०४८ सालको पहिलो निर्वाचनमा सर्लाहीबाट महतोले प्रतिनिधि सभाको चुनाव लड्दा नेपाली कांग्रेसका मिना पाण्डेसँग पराजित भए।

१३ सय मत अन्तरले महतो दोस्रो स्थानमा पुगेका थिए। त्यसपछि २०५१ सालको मध्यावधि चुनावमा पुनः सोही क्षेत्रबाट चुनाव लड्दा तीन सय मत अन्तरले फेरी मिना पाण्डेसँग महतो पराजित भए। त्यतिबेला देशका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा पनि सोही क्षेत्रबाट चुनाव लड्दा थापा तेस्रो भएका थिए। २०५६ सालको निर्वाचनमा फेरी महतोले मिना पाण्डे र सूर्यबहादुर थापासँग चुनाव लडे तर त्यहाँ महतो अत्यधिक मत अन्तरले निर्वाचित भए। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा अत्याधिक मतले सदभावना पार्टीका अध्यक्षको हैसियतमा राजेन्द्र महतो चुनाव जिते पनि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभाको चुनावमा राजेन्द्र महतो तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवबाट पराजित भए।

२०६२÷०६३ को जनआन्दोलनपश्चात् नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम सरकारमा राजेन्द्र महतो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा पहिलो पटक मन्त्री बनेका थिए। त्यसपछि प्रथम संविधानसभाको चुनावपछि पुष्पकमल दाहाल प्रचण्डको मन्त्री परिषदमा र माधव नेपालको सरकारमा समेत वाणिज्य तथा आपूर्ति मन्त्री भए। त्यसैगरी बाबुराम भट्टराईको नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बने।स्राेत अन्नपूर्ण पाेष्ट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.