१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकाले १५% तलब बढाएपछी करारमा कार्यरत कर्मचारीहरु हर्षित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

चन्द्रनगर गाउँपालिकाले १५% तलब बढाएपछी करारमा कार्यरत कर्मचारीहरु हर्षित

जनताको सेवा गर्न कर्मचारीको मनोबल बढने अपेक्षा

चन्द्रनगर,१ कार्तिक । चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको १५% तलब वृद्धि गरेपछी कर्मचारीहरु हर्षित भएका छन । गाउँपालिकाले आफनो गाउँपालिकामा कार्यरत आन्तरीक श्रोतबाट तलब भत्ता पाउने करारका कर्मचारीहरुको तलबमा २०७९ साउन १ देखि लागुहुने गरि १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै चन्द्रनगर गाउँपालिकाले २०७९ साउन २९ गते बसेको कार्यपालिकाको बैठकले आफनो गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरुको १५ प्रतिशतले तलव वृद्धि गर्ने निर्णय गरेको थियो ।

मंहगी स्थायी तथा करार सबै प्रकृतिका कर्मचारीको लागि समान रुपले लागु हुन्छ, त्यसैले हाम्रो गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मंहगीको समस्यालाई नियम कानुनको अधिन रहि र श्रोतको उपलब्धताको आधारमा सकेसम्म दुवै प्रकृतिका कर्मचारीलाई गाउँपालिकाले समान प्रकारले व्यवहार गर्न उक्त निर्णय हामीले गरेको छौ, चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतो बताउनुभयो।

यो निर्णय संगै चन्द्रनगर गाउँपालिका मातहतका गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका सम्पूर्ण कार्यालय, शाखा, उपशाखामा कार्यरत करारका कर्मचारीहरुको तलव १५ प्रतिशतले बढेको छ । यसले कर्मचारीहरुलाई चन्द्रनगर गाउँपालिकाका जनतालाई सेवा प्रदान गर्न मनोबल बढने र वहाहरुको मंहगीले प्रभावित न्यूनतम पारिवारीक आवश्यकता सहज हुने प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थिङले जानकारी दिनुभयो ।

यस अनुरुप चन्द्रनगर गाउँपालिकाका नियमानुसार उपयुक्त देखिएका कर्मचारी तथा जनप्रतिनिधीको २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकिएको तथा तिहार विदा अगाडी सबैको बैंक खातामा डिपोजिट भई सकेको हुने गाउँपालिकाका लेखापाल सुनिल कुमार साहले जानकारी दिनुभयो ।तलब वृद्धि भएपछि करार सेवामा कार्यरत कर्मचारीहरु यतिबेला हर्षित भएको छ । चन्द्रनगर गाउँपालिकामा यो उदाहरणीय कार्य भएको साहले बताउनुभयो । गाउँपालिका अध्यक्ष महतो र सम्पुर्ण जनप्रतिनिधिहरुले यो निर्णय कार्यन्वयन गरेर कर्मचारीहरुको मनोबल बढाएको लेखापाल साहले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.