१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेसको विकाशका लागि आफ्नो उम्मेदवारी : युवा नेता साह – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

मधेसको विकाशका लागि आफ्नो उम्मेदवारी : युवा नेता साह

कलैया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा नेता मुकेश साहले मधेसको विकाशका लागि आफू सधै लागि परेको बताएका छन् ।

सत्तारुढ वाम लोकतान्त्रिक गठबन्धनबाट बारा क्षेत्र नं. ३ को क बाट मधेस प्रदेश सदस्यका साझा उम्मेदवार रहेका युवा नेता साह अहिले चुनावी कार्यक्रममा बिभिन्न गाउँ पुगिरहेका छन् ।

युवा बर्गमा लोकप्रिय रहेका ३५ बर्षिय साहलाई माओवादी केन्द्रले प्रदेशको सांसदका लागि टिकट दिएपछि उनको चर्चा बढदै गएको छ । समाजिक कार्यमा सधै अगाडी रहने साहलाई बिजयी गराउँनका लागि युवाहरुले तिब्ररुपमा प्रचारप्रसार गरिरहेका छन् ।

युवा नेता साहले आफू बिजयी भए काठमाडौं तराई मधेस फास्ट ट्याक, बारा दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल लगायतका राष्ट्रिय गौरबका आयोजना निर्माणका लागि दबाब दिने बताउँछन् । यस्तै पिलुवा–कलैया–मटिअर्वा सडकलाई ६ लेनको निर्माणका साथै यस क्षेत्रको पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका बिकासका लागि संघ र प्रदेश सरकारको सहकार्यमा जोड दिने योजना रहेको बताउँछन् ।

‘सामन्ती राजतन्त्रको अन्त्य गरी हामीले संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिसकेका छौं’ साहले भने, ‘उपेक्षित जाति, भाषा, क्षेत्र, लिंगको मुक्तिका साथै अब समृद्ध मुलुक र समृद्ध मधेस बनाउँनका लागि हामी लाग्ने छौं । भ्रष्टाचारमा शुन्य सहनशीलता तथा सुशासनको प्रत्याभुतिसंगै विकासका आयोजनालाई अगाडी बढाउँने योजना मेरो रहेको छ ।’

समग्र बारा जिल्लाको बिकासका लागि आफूसंग ठोस योजना रहेकाले आफू बिजयी भएपछि त्यसलाई कार्यान्वयन गर्ने उनले बताए । युवा, बृद्धबृद्धा सबैको सहयोग आफूले पाईरहेको बताउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

बदलिदो समय अनुसार यहाँको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउँदै उनले यहाँको बिकासका लागि जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.