१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा लुटेरा समुहको गोलि प्रहार बाट सगुन सहकारीको कर्मचारी गम्भिर घाइते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा लुटेरा समुहको गोलि प्रहार बाट सगुन सहकारीको कर्मचारी गम्भिर घाइते

सर्लाही,२ कार्तिक । सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समुहको गोलि प्रहार बाट एक जना कर्मचारी गम्भिर घाइते भएका छन ।

बुधवार बागमती नगरपालिका वडा नं. १ मिलनचोकमा अज्ञात समूहको गोलि प्रहारबाट सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको सेवा केन्द्र बागमतीमा कार्यरत ३० वर्षीय साजन कार्की माथि गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत बिजय यादवले जानकारी दिनुभयो ।

बुधबार बिहान १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तीन जनाले कार्कीलाई कार्यालय भित्रै पसेर लुटपाट गर्ने उदेश्यले चार गोली प्रहार गरेका थिए। कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा गोली लागेको छ ।

गोली लागेका कार्कीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता समेत रहेका यादवले जानकारी दिनुभयो ।

कार्यालय खुले लगत्तै कार्कीमाथि आक्रमण भएको थियो। लुटपाटमा संलग्न व्यक्तिले नगद पैसा लैजाने उदेश्यले गोली हानेको भएपनि कार्कीको साथमा रहेको पैसा पहिलेनै कार्यालयमा राखिसकेकाले लुटन नपाएको बताएको छ ।लुटपाटमा संलग्न व्यक्तिले कार्कीको साथमा रहेको कालो झोला बोकेर भागेका छन् ।

गोली प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसरी राजमार्ग छेउमानै बिहानै लुटपाट हुन थालेपछि स्थानिय चिन्तित हुन थालेका छन्।

यसअघि पनि गोडैता नगरपालिकामा दिन दहाडै आइ.एम.ई मनि ट्रान्सफर लुटिएको थियो । सर्लाहीको घटना क्रम हेर्ने हो भने राजमार्गमा सहकारी लुटने प्रयास र गोडैता नगरपालिकामा लाखौ रुपिया लुटिने अज्ञात लुटेराहरु बाट सहकारी संस्था तथा मनि ट्रान्सफर असुरक्षित रहेको स्थानिहरुले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.