१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाही प्रहरीको ठुलो सफलता, १४ लाख ४० हजार रुपैयाँ बराबरको चिनीसहित ट्रक नियन्त्रण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाही प्रहरीको ठुलो सफलता, १४ लाख ४० हजार रुपैयाँ बराबरको चिनीसहित ट्रक नियन्त्रण

सर्लाही । सर्लाही प्रहरीले कुनै प्रकारको बिल नरहेको ट्रकलाई २४० क्विन्टल चिनीसहित नियन्त्रणमा लिएको छ। आइतवार सर्लाहीको बसवरिया गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले १४ लाख ४० हजार रुपैयाँ बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकले चिनी लोड गरेकोमा कुनै किसिमको बिल नरहेकाले चिनीसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।प्रहरीले १४ लाख ४० हजार बराबरको चिनी र ट्रकको तीस लाख मूल्यांकन गरी ट्रक, चिनी र चालकलाई आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.