१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र दरार,माओवादी केन्द्रले अन्तरघात गर्ने डर – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नम्बर ३ मा गठबन्धन दल भित्र दरार,माओवादी केन्द्रले अन्तरघात गर्ने डर

सर्लाही। सर्लाही क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धन दल भित्र दरार सुरु भएको छ।नेकपा माओवादी केन्द्रका नेता जवहार कुशवाहाले प्रदेश (क) बाट बागी स्वतन्त्र उम्मेदवार दिएपछि गठबन्धन दल भित्र अन्तरघातको आशंका सुरु भएको हो।

क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल भित्र भागबन्डा हुदाँ नेकपा माओवादी केन्द्रलाई संघ, एकीकृत समाजवादीलाई प्रदेश ९क० र नेपाली काँग्रेसलाई (ख) प्रदेश भागमा परेको थियोे । संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि ९क० बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख ) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको थियो।

गठबन्धन दलबाट प्रतिनिधि सभा सदस्यीयका लागि टिकट पाएका नरेन्द्र सहाले प्रदेश सभा सदस्यीयका लागि प्रदेश ( क ) बाट स्वतन्त्र उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेताले जवहार कुशवाहालाई घरदैलो कार्यक्रममा सगै लिएर हिडेपछि गठबन्धन दल एकीकृत समाजवादी पार्टी भित्र तरङ्ग उब्जिएको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधि देखि केन्द्रीय तहका नेता समेतले स्वतन्त्र उम्मेदवार कुशवाहाको पक्षमा भोट मागेपछि गठबन्धन दल थप ससङकित भएको बताएको छ । प्रतिनिधि सभा सदस्यीय र प्रदेश सभा सदस्यीय दुवै सिट हात पार्न माओवादी केन्द्रले गठबन्धन भित्र कुटिल चाल खेलेको एक नेताले बताउनुभयो ।

गठबन्धन दल भित्रबाट डिल्ली उप्रेती कमजोर भए नेकपा एमालेलाई चुनाव जित्न सजिलो पर्ने भन्दै गठबन्धन चाडोनिर्णय लिनुपर्ने नेपाली काँग्रेसका जिल्ला सचिव निरज कार्कीको भनाइ छ। नेकपा माओवादी केन्द्रले बाहिर रुपमा गठबन्धन दलका उम्मेदवार उप्रेतीलाई सहयोग गर्ने भनेपनि भित्र रुपबाट हराउने पक्षमा लागेको भन्दै गठबन्धन दल भित्र असन्तुष्टि बढेको छ।

प्रदेश क बाट स्वतन्त्र उम्मेदवारी दिएका कुशवाहले केही समय अघि नेपाली काँग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। उहाँ नेपाली काँग्रेसको हालै सम्पन्न महाधिवेशनबाट सर्लाही ३ प्रदेश क बाट प्रदेश सभापतिमा निर्वाचित हुनुभएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.