१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अध्यक्ष महतोले घरमै गएर बाडे अपाङ्ग व्यक्तिलाई भत्ता – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अध्यक्ष महतोले घरमै गएर बाडे अपाङ्ग व्यक्तिलाई भत्ता

सर्लाही,२१ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा स्तर देखि लिएर घर घर मै समाजिक भत्ता वितरण भैरहेको छ । आइतवार चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले वडा नं. १ मा आफै गई अपाङ्गता भएको व्यक्तिहरुलाई समाजिक सुरक्षा भत्ता वितरण गरेर घर घर मै भत्ता वितरणको सुरुवात गर्नुभएको छ ।

आइतवार वडा नं. १ रतपुर बस्ने श्रीपती देवी राय र सोशिला देवी रायलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो र वडा नं. १ वडा अध्यक्ष रामेश्वर प्रसाद महतोले ती लाभग्राहीको घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेको चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए । घरकै ओछियानमै भत्ता पाएपछी श्रीपती र सोशिला खुसी भएका छन ।

श्रीपती र सोशिला पूर्ण अंपाग भएकोले उनिहरुको घरमै गएर ११ हजार ९ सय ७० रकम एनआईसी एसिया बयलबास ब्रान्चको माध्यमबाट गाउँपालिका अध्यक्ष र वडा नं. १ का वडा अध्यक्षले वितरण गर्नुभएको एनआईसी एसिया बयलबास ब्रान्चका म्यानेजर मनिष प्रताप साहले जानकारी दिनुभयो । यस अघि गाउँपालिका अध्यक्षले वडा नं. ४ बाट समाजिक सुरक्षा भत्ता वडा स्तरमा सुरुवात गरेका थिए ।

गाउँपालिका अध्यक्ष महतोले अब देखि हिडडुल गर्न नसक्ने पुर्ण अपाङ्गलाई गाउँपालिकाको ७ वटै वडाको विभिन्न गाउँ पुगेर भत्ता वितरण गर्ने बताउनुभयो । आफु जन्ताको सेवक भएको हुदाँ जति सुकै ठुलो समस्या तथा चुनौती आए पनि आफुले गरेको चुनावी प्रतिबद्धता पुरा गर्ने अध्यक्ष महतोले दाबी गर्नुभयो । गाउँपालिका अध्यक्षको यो कदमलाई लिएर गाउँपालिकावासीहरुले चौतर्फी प्रशंसा गर्न थालेको छ ।

वडा नं. १ का स्थानिय सोहन महतोले गाउँमा नै समाजिक सुरक्षा भत्ता वितरण भएपछि आफुलाई खुसी लागेको बताए । म अटो व्यवसायी हु, नबिल बैंक बाट भत्ता वितरण हुदाँ वृद्धवृद्धालाई ओसारपसार गर्दा भत्ता वितरणको समयमा दैनिक ८ हजार जति कमाई हुन्थ्यो अहिले कमाई मरे पनि आफु दुखि नभएकोक सोहनले भन्नुभयो । जनप्रतिनिधिको यो सराहनीय कार्य भएको अटो व्यवसायी सोहनले भन्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.