जिवन वीमाको ६८ लाख रुपैया समाज सेवामा लगाउने : लक्ष्मी महतो

महोत्तरी ।जीवन वीमाको ६८ लाख रुपैया समाज सेवामा लगाउने महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लक्ष्मी महतोले जनाएको छ । महोत्तरीको गौशाला नगरपालिका वडा नं. ५ स्थित गौशाला पार्टि पैलेसमा एमाले र ज.स.पा.नेपालको संयुक्त कार्यकर्ता भेला कार्यक्रम बोल्दै युवामा उर्जा हुनु अति आवश्यक भएकोले उर्जा भए देश र समाजको लागी राम्रो काम गर्न सक्ने बताए । महतोले युवाहरु कसैले उचालेको भरमा नराम्रो काम ग¥यो भने देश र समाजको लागी अहित हुने कुरालाई प्रष्ट पारेका थिए । महतोले आफु ६८ वर्षको भए पनि कार्य क्षेत्रमा १६ वर्षको भएको र दिन रात समाज सेवामा विताएको बताए । युवाले राम्रो कार्य गर्न आफ्नो टिममा प्रतिस्पर्धा गनु पर्ने भएकोले युवालाई आ–आफ्नो क्षेत्रमा मेहनत गरी अगाडी बढेमा पछि त्यस्ता युवाहरुको मुल्याङ्कन गरी अगाडी बढन आफु हरेक पल अगाडी रहने बताए ।
अहिलेको युवा खलनायक नभएर नायक बनेर आफ्नो कार्यक्षेत्रमा लाग्न आग्रह गरेका हुन् । अहिलेको युवा भोलीको कर्णधार भएकोले अगामी निर्वाचनमा युवाहरुलाई अगाडी बढाउने र मौका समेत पाउने महतोले बताए । आफु यस पटक चुनावमा भाग नलिने सोच भए पनि बाध्यताबस चुनावमा भाग लिनु प¥यो त्यसैले निर्वाचनमा युवाहरुको सहयोग र साथले चुनावमा निर्वाचित बनाउन आग्रह गरेका हुन् । अगामी चुनावमा युवाहरुलाई बढी भन्दा बढी सक्रिय बनाई चुनावमा भागलिनु पर्ने र आफु अभिभावकको रुपमा रहने बताए । महतो यस पटकको चुनाव अन्तिम चुनाव रहने र कहिले पनि चुनावी प्रतिस्पर्धामा नउत्रिने प्रतिवद्धता जनाएका हुन् । सो कार्यक्रममा उपस्थित वक्ताहरु आ–आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
एमाले र ज.स.पा.नेपालको कार्यकर्ता भेला कार्यक्रममा जसपाका क्षेत्र नं. १ का प्रदेश सभा सदस्य उम्मेदवार रामश्रेष्ठ महतो, ज.स.पा.की महिला नेत्री रामकुमारी देवी, जसपाका केन्द्रिय सदस्य रमेश महतो, जसपाका नगर अध्यक्ष कुमरकान्त झा, नेकपा एमालेका नगर अध्यक्ष अजय कुशवाहा, श्यामशंकर शाह, युवा नेता शंकर महतो, युवा हरी महतो लगायत, बुद्धिजिवी, व्यापारी र सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।