१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनताले देश जोगाउन स्वतन्त्र उम्मेदवारलाइ भोट दिन्छन् : बैकुण्ठ सापकोटा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

जनताले देश जोगाउन स्वतन्त्र उम्मेदवारलाइ भोट दिन्छन् : बैकुण्ठ सापकोटा

जनताले देश बेचिनबाट जोगाउन मलाई नै भोट दिन्छन् ःबैकुण्ठ सापकोटा
सर्लाही,२९ कार्तिक ।सर्लाही क्षेत्र नं.१ का स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटाले अफुले चुनाव जित्ने दाबी गरेका छन् ।
उनको एजेन्डा प्रदेश संरचना खारेज गर्ने र हिन्दु राष्ट्र कायम गराउनेसहितको छ ।सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उमेदवार बनेका सापकोटाले दलहरुले जिते देशलाई हित नगर्ने दाबी गर्दै जनताले आफूलाई विजयी बनाउने दाबी गरेका छन् ।
उनी सूर्यमुखि फुलको बोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
आफू क्षेत्र वासीको घरदैलोमा पुग्दै गर्दा जनताका भावना आफुले उठाएको एजेन्डासंग मेल खाएकाले पनि जनता आफैंलाई अनुमोदन गर्नेमा उनी बिस्वस्त छन् ।
क्षेत्र नं.१ का जनताले भ्रष्टाचार, लुटतन्त्रको अन्त्य गर्न र देश बेचिनबाट जोगाउन पनि मलाई नै भोट दिन्छन् भन्छन् भन्नेमा म बिस्वस्त छुञ सापकोटाले चियोचर्चो खबरसँग भने । दलहरुको पटक पटकको परिक्षा भइसकेको छ,झउनीहरूले हिजोको जस्तै भोली पनि माखो मार्दैन्नञत्यसैले मेरो क्षेत्र वासी मतदातामा अपिल छ, यसपटक मलाई जिताएर हेर्नुस् ।
आफू नक्कली स्वतन्त्र नभएको र आफ्नो दुःखले आर्जेको सम्पति खर्च गरेरै चुनाव लडिरहेको उनले बताए । आफुले जिते जनताको निस्वार्थ सेवा पाउने उनको भनाइ छ ।
उनले आफ्नो कोही प्रतिष्पर्धी नै नभएकोले सजिलै चुनाव जित्ने दाबी गरे । ‘हुन त मेरो कोही प्रतिष्पर्धी नै छैनन् तर पनि गबन्धनसँग नै कडा प्रतिष्पर्धा हुन सक्छ । तर पनि चुनाव भने मैले नै जित्नेछु ।’, सापकोटाले भने,‘नेपाल आमाको पुकार सुन्नु नै यस क्षेत्रका जनताको कर्तव्य हुनेछ । मैले नेपाल आमालाई बचाउने कसम खाएर चुनावमा होमिएको छु ।’
मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी, एमाले जसपा गठबन्धनबाट जसपाका प्रमोद साह चुनावी मैदानमा छन् । त्यस्तै एमालेबाट बागी उमेदवारको रुपमा लालबन्दी नगरपालिकाका पूर्व मेयर मान बहादुर खड्का पनि चुनावी मैदानमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.