९ श्रावण २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिदैँ

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिक्दै जाँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

एमालेका एक केन्द्रीय सदस्यले राजीनामा दिएको एक साता नबित्दै अर्का एक केन्द्रीय सदस्यले पुन राजीनामा दिएका छन् । एक साता अघि केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज रिता साहले राजीनामा दिएकी थिन् । आज फेरी केन्द्रीय सदस्य एवं सिरहा जिल्लाका सहइन्चार्ज रामप्रित रामले राजीनामा दिएका छन् ।

पर्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग गठबन्धन गरेको भन्दै सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा रामले गरेका छन् ।

केही नेताहरुको व्यक्तित स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको रामको आरोप छ ।

‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादी छबी बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाईके उपेन्द्र यादवसंग गठबन्धन गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्को तर्फ देशमा राजसंस्था पुनःस्थापना गर्न संघीयता खारेज र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने जस्ता जनविरोधी र पश्चगमनकारी एजेण्डारु प्रमुखताका साथ अगाडी बढाएको पार्टी राप्रपासंग एमालेले जनविरोधी र परिवर्तन गठबन्धन गरेको छ’ रामले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनले अगाडी भनेका छन्, ‘समग्र पार्टीलाई पार्टी नेतृत्व प्रमुख र त्यसका आसेपासेहरुले पार्टी संगठनलाई सामुहिकतामा नभई पार्टी संगठनलाई निजिकरणको रुपमा संचालन गरेको तथ्य ४–५ दशकदेखी पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरुलाई टिकटबाट बंञ्चित गनुृ तर कुख्यात पञ्चायतकाली तस्कर र राजसंस्था पुनः स्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव लडाउनुले पुष्टि गर्छ ।’

नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिव समेत रहेका रामले एमालेले यथास्थितिवादी र प्रतिगामी तत्वहरुसंग गहिरो रुपमा सांठगाठ गरेको आरोप समेत लगाएका छन् ।

केन्द्रीय सदस्यबाट साह र रामले राजीनामा दिनु भन्दा अघि बारा, पर्सा सहितका जिल्लाबाट मधेस प्रदेश कमिटी, जिल्ला कमिटी सहित बिभिन्न केन्द्रीय निकायमा रहेका हजारौं नेता कार्यकर्ताले एमाले परित्याग गरिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.