१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा मुसहर महिलामा परिवर्तन, घुम्टोभित्र बस्ने महिलाहरु सडकमा उत्रे – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा मुसहर महिलामा परिवर्तन, घुम्टोभित्र बस्ने महिलाहरु सडकमा उत्रे

सर्लाही,२० मंसिर । सर्लाहीमा मुसहर समुदायका महिलाहरुमा आमुल परिवर्तन भएको छ । कुनै बेला घुम्टोभित्र लुकेर बस्ने मुसहर महिलाहरु अहिले आफनो अधिकारका लागि सडकमा उत्रर्ने गरेको छ ।

यसैक्रममा सर्लाहीको बसबरीया गाउँपालिकामा मुसहर महिला तथा बिद्यार्थीहरुले महिला हिंसा बन्द गरौ, बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्द गरौ, छुवाछुतको भेद भाव बन्द गरौ भन्ने प्लेकार्ड सहीत नारा लगाउदै हिडेका थिए ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः २०७९ अन्तरगत “सभ्य समाजको पहिचान लैङ्गिक हिसां विरुद्धको अभियान” भन्ने नारा सहित मुसहर महिलाहरु प्लेकार्ड सहित सडकमा उत्रेका थिए । मुसहर महिला सशक्तिकरण मन्च बसबरियाको आयोजनामा मुसहर महिलाहरुले ¥यालि निकालेका थिए ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान कार्यक्रम नगर स्तरीय मुसहर महिला सशक्तिकरण मन्च बसबरियाकी अध्यक्ष सिता देवी माझीको अध्यक्षता तथा बसबरिया गाँउपालिका प्रमुख राम सिहासन रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अनडेफ तथा साप नेपालको सहयोगमा मुसहर महिला सशतिकरण मञ्च बसबरीयाको आयोजना तथा गाँउपालिकाको समन्वयमा कार्यक्रम संचालन गरेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल)का कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै बसवरिया गाउपालिकाका प्रमुख राम सिहासन रायले मुसहर महिलाहरुले बाल बिबाह बन्द गरौ, जाँड रक्सी बन्दगरौ, छुवाछुतको भेद भाव बन्दगरौ भन्ने प्लेकार्ड सहीत नारा जुलुस गर्दै सडकमा आएकोमा खुसी प्रकट गर्दै व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । यस बिषयमा गाँउपालिकाले समेत आगामी दिनका कार्यक्रम गर्ने उहाले भन्नुभयो ।

मुसहर महिला सशक्तिकरण मन्च बसबरीयाकी अध्यक्ष सिता देबी माझीले अझै पनि दलितहरु माथि बिभेद हुने गरेको बताउनुभयो । स्थानिय सरकारले समेत मुसहरहरुको माग नसुन्ने गरेको उहाले भन्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.