९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिपुरमा लागूपदार्थ दुव्र्यसन सम्बन्धि दुई दिने जनचेतनामूलक कार्यक्रम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरमा लागूपदार्थ दुव्र्यसन सम्बन्धि दुई दिने जनचेतनामूलक कार्यक्रम सुरु

सर्लाही,१८ मंसिर । सर्लाहीको हरिपुर नगरपालिकामा लागूपदार्थ दुव्र्यसन सम्बन्धि दुई दिने जनचेतनामूलक कार्यक्रम सुरु भएको छ ।

वडा नं. १ मा युवा क्षमता विकास तथा लागूपदार्थ दुव्र्यसन सम्बन्धि दुई दिने जनचेतनामूलक कार्यक्रम सुरु भएको हो । हरिपुर नगरपालिका वडा नम्बर १ को सहयोगमा मनकामना सामुदायिक संचार संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

वडाध्यक्ष नानीबाबुु थापाले आईतवार मल्हनिया सामुदायिक वनको भवनमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।दुई दिनसम्म संचालन हुने कार्यक्रमलाई हरिपुर नगरपालिकाका शिक्षा शाखा संयोजक नागेश्वर राय, इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी नायव निरीक्षक धिरन्द्र यादव र प्रहरी सहायक निरीक्षक सञ्जय साहले सहजिकरण गर्नुभएको छ। कार्यक्रममा ३० जना युवाहरुको सहभागीता रहेको बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.