१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा महिला पत्रकारको संख्या न्युन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा महिला पत्रकारको संख्या न्युन

सर्लाही ,२४ मंसिर । सर्लाहीमा महिला पत्रकारको सहभागीता न्युन हुँदै गईरहेको छ । नेपाल पत्रकार महासंघ सर्लाही शाखामा ७६ जनाले सदस्यता लिएको छ । जसमध्ये १२ जना महिला पत्रकारले मात्र महासंघको सदस्यता लिएको छ भने ६४ जना पुरुष पत्रकारको सदस्यता रहेको छ ।
नेपाल पत्रकार महासंघको तथ्यांकले प्रष्ट गर्छ पुरुषको तुलनामा सर्लाहीमा महिला पत्रकारको संख्या न्यून रहेको छ । अझ पनि १२ जना सदस्य मध्ये सक्रिय पत्रकारको संख्या पनि कम रहेको छ ।

लैङ्गकि विभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तर्गत लैङ्गकि हिंसाको अवस्था र संचारकर्मी सहित सरोकारवालाहरुको भूमिका विषयको छलफल कार्यक्रममा सर्लाहीमा महिला पत्रकारको अवस्था न्यून भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जनाएको छ।

फ्री मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजनमा गरिएको कार्यक्रममा महिला पत्रकारहरू पेशामा टिकन नसकनुको कारण बिहे पश्चात् भएको परिवर्तन तथा रेडियोहरुमा उदघोषण पश्चात् पत्रकारिता पेशामा ईच्छा नदेखाएको हुदा महिला पत्रकारको कमि भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका कोषाध्यक्ष अच्युतम सापकोटाले जनाएको छ ।

कार्यक्रममा लैङ्गकि हिंसा, तथा लैङ्गकि हिंसाका प्रकार,सर्लाहीमा लैङ्गकि हिंसाको अवस्था लगायतको विषयमा छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक वहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सभापति कौशल सिंहो प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाही नेपाल प्रहरी प्रमुख प्रबिण पोखरेल, कविलासी नगर उपप्रमुख पुनम कर्ण, मानव अधिकारकर्मी रंजनिकान्त झा,रंभा झा, मुकेश मिश्रा, समाजसेवी डां गुणेश्वर झा लगायत जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.