१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
यमाहा स्यालुटो माइलेज प्रतियोगितामा ३ जना पुरस्कृत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

यमाहा स्यालुटो माइलेज प्रतियोगितामा ३ जना पुरस्कृत

सर्लाही,२४ मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकामा यमाहा स्यालुटो माइलेज प्रतियोगिता भएको छ । शनिवार शिव बाबा अटो मोबाइल्स लालबन्दीले यमाहा स्यालुटो माइलेज प्रतियोगिता गरी ३ जनालाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा लालबन्दी नगरपालिका वडा नं. ५ बस्ने नागेन्द्र महतो, दिवाकर प्रसाद डंगाल र बसबरीया गाउँपालिका वडा नं. ६ सहोडवा बस्ने आदित्य मण्डल रहेको छ ।

यमाहा स्यालुटो माइलेज प्रतिस्पर्धा लालबन्दी नगरपालिका बाट सुरु भई बागमती नगरपालिकाको बागमती पुल पारी सम्म भएको थियो । प्रतियोगितामा नागेन्द्र महतोले १ लिटर पेट्रोलमा ७६.२ किलोमिटर स्यालुटो मोटरसाइकल गुडाएर प्रथम बिजेता बन्नुभएको छ भने आदित्य मण्डलल १ लिटर पेट्रोलमा ७४.३ किलोमिटर मोटरसाइकलमा गुडाएर दोश्रो बिजेता बन्नुभयो ।

यसैगरी दिवाकर प्रसाद डंगालले भने १ लिटर पेट्रोलमा ७२.८ किलोमिटर मोटरसाइकल गुडाएर तेस्रो बिजेता बन्नुभयो । बिजेता तिनै जनालाई शिव बाबा अटो मोबाइल्स लालबन्दीका प्रमुख त्रिभुवन पुर्वे तथा यमाहाका एरिया सेल्स म्यानेजर विकास कुमार र एरिया सव ईन्जिनियर दिपेन्द्र यादवले शिल्ड प्रदान गर्नुभयो ।

यामाहा स्यालुटो माइलेज प्रतियोगितामा सर्लाही भरका २० जना प्रतियोगिहरुले प्रतिस्पर्धा जनाएको शिव बाबा अटो मोबाइल्स लालबन्दीका सेल्स म्यानेजर पवन चौधरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.