१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
डेढ वर्ष देखि अवरुद्ध नाढीमन मलगंवा जोडने सडक सुचारु हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

डेढ वर्ष देखि अवरुद्ध नाढीमन मलगंवा जोडने सडक सुचारु हुने

चन्द्रनगर,१३ पुष । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन मलगंवा सडक खण्ड अब निर्माण हुने भएको छ। बर्खा याममा परेको पानिले सूचारु सडक बिगत डेढ वर्ष देखि अवरुद्ध भएपछि नाढीमन तालमा पर्यटक घटनुको साथै चन्द्रनगरका स्थानियहरुलाई सदरमुकाम मलंगवा आवत जावतमा समेत समस्या भइरहेको थियो ।

नाढीमन ताल, बजार र वडा नम्बर ६ र ७ को लाईफ लाइन सडकको रुपमा रहेको उक्त सडक मोरबानाका खोलामा भएको भयावह क्षतिले गर्दा विगत डेढ वर्ष देखि खोलामा परिन्त भएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार महतोले सडकको निरिक्षण गरी तत्काल सडक निर्माण गर्न काम अघि बढाउनुभएको छ ।

उक्त सडकमा यातायात बन्द हुदां नाढीमन तालमा पर्यटक मात्र घटेको छैन, नाढी बजार र त्यहांको व्यवसायमा उल्लेखनिय ह्रास आएको थियो । सडकका कारण जनसमुदायका जीवन यापनमा पनि निकै बाधा पुगि रहेको हुदाँ तत्काल गाउँपालिकाले उक्त सडक निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।
नाढीमन देखि मलगंवा जोडने सडक तत्काल सुचारु गराउन मोरवानाका फरछहिया माई क्षेत्रमा डाईभर्सन निर्माणको कार्य गाउँपालिकाले अगाडी बढाएको छ ।

यसले गर्दा उक्त क्षेत्रमा यातायात यथाशिघ्र सुचारु हुने गाउँपालिका अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो । मोरवानाका खोला, कटही खोला र क्षतिग्रस्त सडकको दिघ्रकालिन समस्या समाधानको लागि गाउँपालिकाले विज्ञ परामर्शदाताको सहयोगले डिपिआर सहितको आवश्यक कागजात निर्माणको कार्य पनि अगाडी बढाएकोछ ।

उक्त कागजातको आधारमा संघीय तथा प्रदेश सरकार माझ पेश गरी आवश्यक बजेट माग गरि उक्त खोलाहरु र सडकको दिर्घकालिन व्यवस्थापनको कार्य गरिने रणनिती गाउँपालिकाले लिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.