१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पहिलो पटक मुसहर महिलाको अगुवाईमा सडक निर्माण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पहिलो पटक मुसहर महिलाको अगुवाईमा सडक निर्माण

सर्लाही १३ पौष। सर्लाहीको हरिपुर नगरपालिका वडा नं ५ मर्जुवामा मुसहर महिला सशक्तिकरण मन्चका महिलाहरुले पहिलो पटक आफ्नो अगुवाईमा सडक निर्माण गरेका छन् । मुसहर महिलाहरूले वडा कार्यालयबाट प्राप्त ४ लाख रुपैया बजेट बाट ७५ मिटर सडक ढलान निमार्ण कार्य सम्पन्न गरेका हुन ।

मर्जुवा मुसहर महिला सशक्तिकरण मन्चका अध्यक्ष संगीता देवी माझीको अध्यक्षतामा सात सदस्यीय मुल सडक भुइस्थान सडक उपभोक्ता समिति गठन गरी उनीहरुको सक्रियतामा निर्माण कार्य सम्पन्न गरेको हरिपुर नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

महिला समुहको पहलमा विकास निमार्ण हुदा आर्थिक अनियमितता नहुने र काम पनि समयमा सम्पन्न भएको चौधरीले बताउनुभयो । यस भन्दा अगाडि मुसहर महिलाहरु सामाजिक विकासको काममा चासो नदिएकोले विकासमा पछाडी परेको । आफुहरु कहिल्यै पनि कुनै विकास निर्माण तथा उपभोक्ता समितिमा आबद्ध नभएको अबस्था थियो ।

समुहमा आबद्ध भए पछि वडा कार्यालयबाट बजेट माग गरेर समितिमा महिलाहरु स्वयम बसेर प्रत्यक्ष निगरानीमा बाटो ढलान निर्माण सम्पन्न गरेको समुहकी अध्यक्ष संगीता देवी माझीले जानकारी दिनुभयो । महिलाहरुले ढलानमा पानी हाल्ने, सरसफाई गर्ने काममा समेत सहयोग गरेको थियो ।
अन्डेफ तथा साउथ एसिया पार्टनरशीप नेपाल (साप–नेपाल) को सहयोगमा हरिपुर नगरपालिकामा संचालित नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रबन्र्धन कार्यक्रम अन्तगर्त मुसहर महिला सशक्तिकरण मञ्च गठन गरिएको छ । उक्त मञ्चमा ५० सदस्यहरु रहेका छन । उक्त मञ्चका सदस्यहरुलाई बिभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

कार्यक्रमबाट मुसहर महिलाहरुको नेतृत्व क्षमता विकास भएको छ । मञ्चको नेतृत्वमा उनीहरुले मुसहर बाल बालिकाहरुको जन्मदर्ता, नागरिकता बनाउने, विद्यालय भर्ना गर्ने गरेको । लैङ्गिक हिंसा बिरुद्ध जनचेतनामुलक ¥यालीको आयोजना गरेको । स्थानीय सरकारसंग बजेट तथा योजना माग गर्ने तथा सामुहिक खेती तथा बंगुरपाल गर्दै आएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो ।

हाल हरिपुर नगरपालिकामा १० बटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरि कृषि तथा पशु कार्यलयमा दर्तागरिएको छ । उक्त मञ्चमा ५०० सदस्यहरु रहेका छन भने सर्लाही जिल्लामा चन्द्रनगर, बरहथवा र बसबरियामा ३२ वटा समुह मा १६ सय मुसहर महिलाहरु आवद्ध भएका छन ।

मुसहर वस्तीको वाटो मुल सडक देखि भुइस्थान सडक उपभोक्ता समितिमा संगीता देवी माझी अध्यक्ष, सचिव चुल्हीया देवी माझी, कोषाध्यक्षमा सोमरिया देवी माझी, सदस्य पचिया माझी, संतोला देवी माझी, मनिता माझी र नन्दी लाल माझी रहेको दलित अगुवा मनोज कुमार पाशवानले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.