१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रामनगरमा बालबालिकालाई न्यानो स्विटर वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

रामनगरमा बालबालिकालाई न्यानो स्विटर वितरण

सर्लाही,१६ पौष । सर्लाहीको रामनगर गाउँपालिका वडा नं २ धुर्वामा बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको छ ।

दिनप्रतिदिन बढदै गएको शितलहरलाई मध्यनजर गर्दै बाल कल्याण समाज (CWS) सर्लाहीले आज बाल बिकासमा अध्ययनरत बालबालिकाहरुलाई स्विटर वितरण गरेको छ।

राज होजियारी वीरगन्जको आर्थिक सयोगमा बाल कल्याण समाजले श्री अधारभुत विद्यालय रामनगर – २ धुर्वामा बालबिकासमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गरिएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षतामा , वडा नं २ को वडाध्यक्ष सदानन्द यादवको प्रमुख आतिथ्य र अभिभावक,शिक्षक,विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा बालबालिकालाई न्यानो स्विटर वितरण गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.