१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सुनसान देखिने नाढीताल नयाँ वर्षको दिनमा पर्यटकले भरीए – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सुनसान देखिने नाढीताल नयाँ वर्षको दिनमा पर्यटकले भरीए

सर्लाही,१७ पौष । बिगत ५ वर्ष देखि सुनसान देखिने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन तालमा आज पर्यटकहरुको भिड लागेको छ ।

प्राय सुनसान देखिने नाढीमन ताल अंग्रेजी नयाँवर्ष २०२३को अवसरमा आन्तरिक तथा बाह्य पर्यटहरुको भिडले खचाखच भरिएको छ । केहि वर्ष पहिला व्यवस्थित रहेको तालमा नयाँवर्ष बाहेकका दिनमा पनि पर्यटकहरुको भिड लाग्ने गरेको थियो ।

सुनसान देखिने तालको डिलमा भारतीय पर्यटक तथा स्वदेशी आन्तरिक पर्यटक तालको डिलमा रमाइरहेका दृश्यहरु व्यापक हेर्न पाइरहेको छ ।आज नयाँ वर्ष मनाउन अधिकांश पर्यटकहरु भारतीय र केहि आन्तरिक पर्यटकहरु रहेको छ । यस्तै पर्यटकहरु दिनहु आए भने चन्द्रनगर गाउँपालिकाको मुहार फेरिने चन्द्रनगर गाउँपालिकाको स्थानिय सुरेन्द्र महतोले बताउनुभयो ।

देश भारत, राज्य बिहार जिल्ला सितामढी बस्ने उदय पटेलले यो ताल एकदम रमणीय भएको बताउनुभयो । बिहारको अन्य ठाउँ भन्दा चन्द्रनगरको नाढीताल पर्यटकीय हिसाबले सुहाउँदो भएको भारतीय नागरिक पटेलले बताउनुभयो ।

  • ग्रामिण भेगमा ताल भएपनि सुविधा सम्पन्न ताल छ, आफुहरु वर्षौ वर्ष सम्म यो यात्रालाई सम्झने अर्का भारतीय नागरिक चन्द्रशेखर यादवले जानकारी दिनुभयो ।
    आन्तरिक पर्यटक मिरगेन्द्र विक्रम साहले यो प्राकृतिक ताल हो, यसको आफैमा छुटै पहिचान छ, ताल राम्रो भएपनि जति व्यवस्थापन हुनुपर्ने हो त्यती व्यवस्थापन नभएकोले पर्यटकहरु घटेको बताउनुभयो । तालको विकासमा स्थानिय सरकार गम्भिर हुनुपर्ने उहाको जिकिर थियो ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफुले नाढीमन तालको विकासको लागि हर सम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाले भारतीय पर्यटक तथा आन्तरिक सदरमुकाम मलंगवा लगायत विभिन्न ठाउँको पर्यटक भित्राउनन वर्षौ देखि रहेको जिर्ण बाटोलाई मर्मत गरी सुचारु गराएको बताउनुभयो । चन्द्रनगर देखि सदरमुकाम मलंगवा जोडने बाटो बाढीले गर्दा खोलामा परिणत भएको थियो बाटो मर्मत पश्चात आज पर्यटकको भिडनै लागेको अध्यक्ष महतोले दाबी गर्नुभयो । अब क्रमश नाढीताल विकासको लागि आफु अघि बढने अध्यक्ष महतोले बताउनुभयो ।

तालको २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरु समयमै नाढीमन ताललाई उचित व्यवस्थापन नगरे पछि पर्यटकहरु घटेको थियो । अर्को कारण बागमती नगरपालिकामा निर्माण धिन भरत तालले चिनिने माछा पोखरीका कारण पनि पर्यटक घटेको स्थानियहरुले बताउनुभयो । अहिले भने नयाँ जनप्रतिनिधिहरु आएपछि बोटहरु मर्मत गरेपछि फाटफुट पर्यटकहरु आउने गरेको छ ।

Exif_JPEG_420

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.