१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण

सर्लाही,२० पुष ।सर्लाहीमा कठ्यांग्रिदो चिसोले बालबालिकाहरु प्रभावित भैरहेको समय एक संस्थाले प्राथमिक तहमा अध्यनरुत विद्यार्थीहरुलाई न्यानो स्विटर वितरण गरेको छ ।

बुधवार बसबरीया गाउँपालिका वडा नं. ६ मन टोलमा रहेको श्री प्रथमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका छात्र तथा छात्राहरुलाई न्यानो स्वितटर वितरण गरिएको छ । शितलहर बढे सङ्गै बालबालिकाहरुको सुरक्षा तथा शिक्षालाई मध्य नजर गर्दै राज होजियारी वीरगन्जको सयोगमा बाल कल्याण समाज सर्लाहीले २५ जना गरिब,दलित तथा जेहन्दार बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गरि आज न्यानो स्विटर वितरण गरेको छ।

अत्यधिक जाढोको कारणले बालबालिकाहरु बिद्यालय निरन्तरता नदिएको अभिभावकहरु जनगुणासो आएपछि उक्त विद्यालयमा आफुहरु पुगी स्विटर वितरण गरेको बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम रायले जानकारी दिनुभयो ।

स्विटर वितरण कार्यक्रममा ,विद्यालयका जग्गा दाता फेकन मण्डल धानुक, प्रअ उपेन्द्र राय यादव ,अभिभावक,शिक्षक,विद्यार्थी बुधिजिबी,शिक्षाप्रेमी अधिकारकर्मी पत्रकार तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.