२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुर्वा, पर्सा र ब्रहम्पुरी गरी २ करोड भन्दा बढिको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुर्वा, पर्सा र ब्रहम्पुरी गरी २ करोड भन्दा बढिको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण हुने

सर्लाही,२० पौष । सर्लाहीको हरिपुर्वा नगरपालिका, पर्सा र ब्रहम्पुरी गाउँपालिका गरी २ करोड भन्दा बढिको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण हुने भएको छ । तिन वटै पालिका गरी २ करोड ५ लाख ३७ हजार ३६ रुपैया लागतमा विद्यालय भवन तथा सौचालय निर्माण हुने भएपछि स्थानियहरु खुसि भएका छन ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तरगत सर्लाहीको तिन वटै पालिकामा २ करोड भन्दा बढिको लागतमा विद्यालय भवन तथा सौचालय निर्माण हुन लागेको हो ।

हरिपुर्वा नगरपालिका वडा नम्वर ४ डुमरियामा रहेको जनता अधारभुत विद्यालयको भवनमा कुल लागत ४० लाख ९२ हजार २ सय ७१ र साहपुरको जनशक्ती प्राथमिक विद्यालयमा विद्यालयमा भवन निर्माणको लागी ३९ लाख ४४ हजार ७ सय ६५ रुपैयाको लागतमा आर सि सि २ कोठे बिधालय भवन निर्माण हुन लागेको छ । दुबै ठाउँको विद्यालय भवन एक कार्यक्रमका बिच नगर प्रमुख विनोद कुमार साहले शिलान्यास गर्नुभएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनूभयो ।

त्यस्तै पर्सा गाउँपालिकामा पनि ७० लाख को लागतमा एउटा विद्यालय भवन र २ वोटा सौचालय भवन निर्माण हुन लागेको छ ।५५ लाखको लागतमा पर्सा प्राथमिक विद्यालयमा बिधयालय भवन र सौचालय निर्माण हुन लागेको छ भने प्राथमिक विद्यालय कविलासीमा १५ लाखको लागतमा शैचालय निर्माण हुन लागेको छ । विद्यालय भवन तथा सौचालय भवनको शिलान्यास गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले गर्नुभएको थियो ।

यसैगरी ब्रहम्पुरी गाउँपालिकामा पनि ५५ लाखको लागतमा विद्यालय तथा सौचालय भवन निर्माण हुन लागेको छ । सुराज माध्यमिक विद्यालयमा ४० लाख १० हजारको लागतमा बिधालय भवन र मंगल स्थान प्रा.बि.मा १४ लाख ९० हजारको लागतमा बालमैत्री तथा अपांगतामैत्री शैचालय निर्माण हुन लागेको छ । विद्यालय भवन तथा बालमैत्री तथा अपांगतामैत्री शैचालयको शिलान्यास बुधवार गाउँपालिका अध्यक्ष रामपदार्थ साहले गर्नुभएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button