१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा १ करोड बढिको लागतमा विद्यालय तथा सौचालय भवन निर्माण हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा १ करोड बढिको लागतमा विद्यालय तथा सौचालय भवन निर्माण हुने

सर्लाही,२२ पौष । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा १ करोड भन्दा बढिको लागतमा विद्यालय भवन तथा सौचालय भवन निर्माण हुने भएको छ । करौडोको लागतमा विद्यालय भवन तथा सौचालय भवन निर्माण हुने भएपछि स्थानियहरु खुसि भएका छन ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल र विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा सञ्चालित “सिकाई परियोजना” अन्तरगत चन्द्रनगरमा भवनहरु निर्माण हुन लागेको हो ।

चन्द्रनगर वडा नं ६मा रहेको श्री मरिचमान सिंह जन्ता माध्यमिक विधालयमा १४ लाख ९१ हजारको लागतमा सौचालय भवन, वडा नं ७ मा रहेको श्री अच्छेवर सिंह प्रथमिक विधालयमा ३९ लाख ४४ हजार ७ सय ६५ को लागतमा विधालय भवन, वडा नं ३ मा रहेको श्री राजाअभिषेक प्राविमा ३९ लाख ४४ हजार ७ सय ६५ रुपैको लागतमा दुईकोठे आरसिसि विधालय भवन निर्माण हुन लागेको हो ।

यसैगरी वडा नं ३ मै रहेको रामजन्ता निमाविमा १४ लाख ९३ हजार, बालमैत्री तथा अपांगमैत्री सौचालय निर्माण गर्न लागिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनूभयो ।४ वटै विद्यालयमा विद्यालय तथा सौचालय भवन गाउँपालिका अध्यक्ष राजकुमार महतोले गर्नुभएको अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।

भवन तथा शौचालय शिलान्यास कार्यक्रम गर्नु अघि संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत दुईकोठे आर.सि.सि. विद्यालय भवन तथा आर.सि.सि. बालमैत्री तथा अपाङ्गतामैत्री शौचालय डिजाईन र डिटेल स्पेशिफिकेशन समेत सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।

सम्पूर्ण निर्माण कार्य पाँच महिना भित्र सम्पन्न हुने छ र तोकिएको समयभित्र गुणस्तरीय तथा पारदर्शी हिसाबले निर्माण कार्य गर्न गराउनको लागि राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र, निर्माण कम्पनी र विद्यालय बीच त्रिपक्षीय समझौता गरिएको थियो । साथै विद्यालय भवन तथा शौचालय मर्मत संम्भार योजना बारे पनि छलफल गरि मर्मत संम्भार योजना बनाउने र सोही अनुसार कार्यन्वयन गर्ने सहमति पनि भएको थियो ।

भवन निर्माणको लागि करौडो रकम संस्थाले छुटयाएपछि गाउँपालिका अध्यक्ष महतोले राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका सम्पूर्ण टिमलाई धन्यवाद समेत दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.