१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा मुसहर बस्तीका १ सय ५० बालबालिकालाई ज्याकेट वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा मुसहर बस्तीका १ सय ५० बालबालिकालाई ज्याकेट वितरण

सर्लाही,२२ पुष । सर्लाहीमा चिसो दिनप्रतिदिन बढदै गइरहेको छ । जाडो मौसममा कठ्याङ्ग्रिँदो चिसोले खास गरी दलित बस्तीका बालबालिकाहरु प्रभावित बनेको छ । यसैक्रममा जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले आज चन्द्रनगर गाउँपालिकाका वडा नं. ६ कामदका मुसहर बस्तीका बालबालिकालाई चिसो बाट जोगाउन ज्याकेट वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको रोहवर तथा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेश राज सुवेदी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि हरिप्रसाद अधिकारी लगायतको विभिन्न व्यक्तिहरुको उपस्थितिमा १ सय ५० मुसहर बालबालिकाहरुलाई जाडो बाट जोगाउन पातलो ज्याकेट वितरण गरिएको छ ।

गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको र्आिर्थक सहयोगमा जिल्ला व्यवस्थापन समितिले उक्त ज्याकेट वितरण गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.