१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय स्थल विकास गर्न पहिलो चरणको योजना सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय स्थल विकास गर्न पहिलो चरणको योजना सुरु

सर्लाही,२२ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका स्थित नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय स्थल शिलन्यास सम्पन्न भएको छ ।

शुक्रवार एक कार्यक्रमका विच उक्त धार्मिक तथा पर्यटकिय स्थलमा निर्माण हुनलागेको संरचनाको शिलन्यास गरिएको हो । लालबन्दी नगरपालिका–१, नवलपुर स्थित नन्देश्वर सामुदायिक बनमा रहेको पोखरीलाई धार्मिक तथा पर्यटकिय हिसावले विकास गर्न पहिलो चरणको योजना सुरु भएको नन्देश्वर छठिमाई धार्मिक तथा पर्यटकिय क्षेत्र विकास समितिका अध्यक्ष कमल महतोले जानकारी दिए ।

बर्षौ पुरानो मानिने उक्त पोखरीमा बर्ष भरी पानी रहने गरेको छ । भने, हरेक बर्ष सयौँ भक्तजनले छठ पुजा गर्दै आएका छन् । ११.२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई डिभिजन बन कार्यलयले यस पहिलानै पर्यापर्यटनको लागि सिमसार क्षेत्र घोषणा सगैँ सुचिकृत गरेको सामुदायिक बनका अध्यक्ष उदय बहादुर कार्कीले जानकारी दिए ।

संघ सरकार अन्तरगत पर्यटन मन्त्रालयको ८ लाख बजेटबाट ब्यवस्थापन सुरु गरिएको सामुदायिक बनमा अध्यक्ष कार्कीले जानकारी दिए । पहिलो चरणको कार्यक्रम अन्तरगत पोखरीको घेराबेरा, बृक्षारोपण, नक्सांकन र डिपिआरको काम गरिने विकास समितिका अध्यक्ष महतोले बताए । यस पोखरीको चार चरणमा निर्माण, सौंदर्यकरणको काम गरिर्ने छ ।

बिहान वडाध्यक्ष हरिबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, वन समुहका पदाधिकारी र स्थानीय समेतकोे उल्यख्निय सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.