१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
फरक क्षमताका बालबालिका लाई न्यानो कपडा वितरण गर्दै कडारियाले मनाइन जन्मदिन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

फरक क्षमताका बालबालिका लाई न्यानो कपडा वितरण गर्दै कडारियाले मनाइन जन्मदिन

प्रेमनाथ पौडेल
सर्लाही,२२ पुष । सर्लाहीको हरिवनमा एक महिला नेतृले आफ्नो जन्मोत्सव फरक क्षमता तथा असहाय बालबालिकालाई न्यानो कपडा तथा खाजाका सामाग्री प्रदान गरी जन्मदिन मनाइकी छिन ।

शुक्रबार परेको जन्मोत्सवको अवसरमा हरिवन – ८ कडरिया चौक घर भएकी बौद्धिक तथा शारिरिक अपाङ्ग मानवसेवा केन्द्र ,मन्जु श्री असहाय सेवा केन्द्र सर्लाहीकी अध्यक्ष एवम नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य समेत रहनु भएकी अन्जना पन्त कडरियाले आफ्नो ४२औ बार्षिक जन्मोत्सव असहाय र असक्षम फरक क्षमता अपाङ्गता भएका बालबालिका लाई न्यानो कपडा तथा खाजाका सामाग्री प्रदान गर्दै जन्मोत्सब मनाउनु भएको हो ।
नेतृ कडरियाले बिगत दुई बर्ष देखि आफ्नो जन्मोत्सवको अवसरमा यसरी नै सामाजिक काम गर्दै आउनु भएको छ ।बौद्धिक तथा शातिरिक अपाङ्ग मानव सेवा केन्द्रका पदाधिकारी सहित असहाय तथा फरक क्षमता भएका बालबालिकाकै घरमा पुगेर न्यानो कपडा ज्याकेट ,हाईनेक ट्राउजर र खाजाका लागि बिस्कुट ,चाउचाउ ,भुजा चिउरा दालमोट लगायतका सामाग्री प्रदान गर्दै आफ्नो जन्मोत्सव मनाउनु भएको सेवा केन्द्रकी उपाध्यक्ष गंगा ढुङ्गेलले बताउनु भयो ।
चिसो र जाडो बाट कठ्याङ्रीएर जीवन जिउन बाध्य रहेका बालबालिका लाई न्यानो कपडा र खाजा का सामाग्री प्रदान गरि जन्मोत्सब मनाउन पाउँदा आफ्नो मन सार्है नै हर्षित भएको नेत्री कडरियाले बताउनु भयो ।

हुने खानेका लागि त सबै हुन्छन जो असहाय छन जो फरक क्षमता अपाङ्गता भएका बालबालिका छन तिनी हरुको सेवा गर्न सके मात्र मनुष्य जीवन पाएको सार्थकता रहने र आफू पनि त्यस्तै बालबालिकाहरुको सेवा गर्ने उदेश्य बोकेर एक संस्थाको जिम्मेवारी पदमा रहेर काम गर्दै आएकोले आफूले त्यसै अनुरुप उनीहरुलाई आफ्नो जन्मोत्सवमा न्यानो कपडा प्रदान गरेको बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.