समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झा समाजिक कार्यमा सक्रिय

सर्लाही,२६ पुष । सर्लाहीको मलंगवा नगरपालिकामा रहेको स्तुती सौम्य हेल्थ केयरका संचालक तथा समृद्ध सर्लाही निर्माणका संयोजक डा.गुणेश्वर झ यतिबेला समाजिक कार्यमा खटि रहनु भएको छ ।
डा. झा रातको करिब साढे ८ बजे एउटा दाउरा पसलमा दाउरा किन्दै गाडिमा राख्दै गरेको दृश्य देख्दा हामिले प्रश्न गरे, प्रश्नको जवाफमा उहाले सितलहर तथा चिसो लगायतको विपद्को समस्या बाट जुधिरहेको विपन्न स्थानियलाई राहत दिन दाउरा किन्न लागेको जवाफ फर्काउनुभयो ।
डा. झाले आफनो व्यक्तिगत खर्चमा दाउरा किन्नेर विपद्का जोखिम सँग जुधिरहेका विपन्न नागरीकलाई चिसो बाट जोगाउन दाउरा वितरण गरिरहनु भएको छ । उहाले मलंगवा नगरपालिको गणेशियामा, कविलासी नगरपालिका वडा नं. ९ र १० सलेमपुरको चौक चौक तथा मुसहर बस्तीमा शितलहर बाट प्रभावित स्थानियलाई जोगाउँन दाउरा वितरण गर्नुभएको छ।
सर्लाहीमा अहिले ७ डिग्री सेलसियस सम्म तापक्रम हुन्छ, त्यसमा पनि शितलहर हुन्छ विपन्न परिवार तथा दलित बस्तीका स्थानियहरु प्रभावित भएको हुदाँ आफुले निःशुल्क दाउरा वितरण गरेका डा. गुणेश्वर झाले बताउनुभयो ।
यति मात्र हैन उहाले आर्थिक समस्याले जुधिरहेको विपन्न परिवारमा रहेका अपाङ्गता भएको व्यक्तिहरुलाई न्यानो कम्बल र जुता समेत वितरण गर्नुभएको छ । डा. झाले समाजसेवी शिवनाथ राउत कहारको अनुरोधमा ब्रह्म्पुरी गाउँपालिका वडा नं. ५ मा दुष्टिविहिन र अपाङ्ग भएको व्यक्तिलाई कम्बल र जुता वितरण गर्नुभएको छ ।
यसैगरी उहाँले भोली बुधवार कविलासी नगरपालिकाको सलेमपुरमा ५० जना विपन्न परिवारमा चिसोबाट जोगाउँन बल्यांकेट वितरण गर्दैहुनुहुन्छ । भोली बुधबार मुसहर परिवार,अपाङ्गता भएको परिवार र बिधवालाई प्रति परिवार १ थान बल्यांकेट वितरण गर्ने डा. झाको योजना रहेको छ।
डा. झा निरन्तर रुपमा विपन्न परिवारका बालबालिकाहरुको निःशुल्क उपचार समेत गरिरहनु भएको छ ।औषधी किन्न पैसा नहुने व्यक्तिलाई त उहाले आफनो व्यक्तिगत खर्चमा औषधी समेत किनेर वितरण गर्नुभएको छ । डा. झा बालरोग विशेषज्ञ डा. हुनुहुन्छ ।
डा. झाले आफुलाई समाजिक कार्य गर्दा सन्तुष्टी भएको बताउनुभयो ।
आफुले कमाएको केहि अंश विपन्न नागरिकहरुमा लगानी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मैले सके जति विपद्को जोखिम न्युनिकरण गर्ने प्रयास गर्ने छु डा. झाले भन्नुभयो । डा. झा निरन्तर रुपमा समाजिक कार्य गर्दै आउनुभएको छ ।
गाउँगाउँमा सिंहदरवार त आयो तर विपन्न तथा दलित नागरिकको अवस्था फेरिएको छैन, समाजिक सेवा गर्ने व्यक्ति विपद्को समयमा नआएको भए विपन्न परिवारमा निकैनै समस्या बढेने थियो, मानवअधिकारर्मी मुकेश मिश्राले बताउनुभयो । डा. झा जस्तै समाजिक सेवा गर्ने व्यक्तिले गर्दा विपन्न परिवारको समस्या केहि हदसम्म समाधान भएको मानवअधिकार कर्मी मिश्राले भन्नुभयो ।