१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सुन व्यवसायीलाई अपहरणको प्रयास गर्ने समूह भारतीय प्रहरी भएको खुलासा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सुन व्यवसायीलाई अपहरणको प्रयास गर्ने समूह भारतीय प्रहरी भएको खुलासा

सर्लाही,२५ पुष । सर्लाहीको लालबन्दी–१ नवलपुरमा आइतबार साँझ एकजना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएको टोली भारतीय प्रहरी भएको सुरक्षा स्रोतले जनाएको छ।नवलपुरस्थित मनकामना सुनचाँदी पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–१ स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रणमा लिने प्रयास गरेको थियो।साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटको स्कार्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए।

तर तत्कालै प्रतिकार गरेर स्थानीयले अपहरण शैलीमा साहलाई लिन आएको टोलीका एकजना भारतीय प्रहरीलाई नियन्त्रणमा लिन सफल भएका थिए।ती भारतीय प्रहरीलाई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले माथिल्लो लेभलबाटै अनुसन्धान एवं कुराकानी भइरहेको जानकारी दिए।भारतको पटनास्थित एसएस ज्वेलर्समा २०७८ माघ ७ गते ३५ किलो सुन र १२ लाख भारतीय रूपैयाँ लुटपाट भएको घटनाको अनुसन्धानका क्रममा भारतीय सुरक्षा निकायले पटक–पटक सर्लाहीका विभिन्न व्यक्तिहरूलाई नियन्त्रण लिने प्रयास गरिरहेको बुझिएको छ।

यसअघि वैशाखमा लालबन्दी–२ पुनर्वास निवासी सुन्दर पासवान र जंगली पासवानलाई पनि भारतीय प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएर गएको थियो। उनीहरूमाथि भारतीय प्रहरीले त्यहाँ मुद्दा चलाइसकेको छ।साहलाई भने के विषयमा भारतीय प्रहरीले नियन्त्रणमा लिन खोजेको हो खुल्न सकेको छैन। सोमबार बिहान स्थानीय व्यापारीले घटनामा संलग्नलाई छाडेको भन्दै स्थानीय र सुनचाँदी व्यवसायीले नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका छन्।

नेपाल र भारतबीच सुपुर्दुर्गी सन्धी नभएकाले सम्बन्धित देशका सुरक्षाकर्मीले नै नियन्त्रणमा लिएर अर्काे देशका सुरक्षाकर्मीलाई बुझाउन नमिल्ने हुँदा नेपालतर्फका सुरक्षाकर्मीले पनि पटक–पटक भारतीय भूमिबाट विभिन्न मुद्दाका आरोपीलाई नियन्त्रणमा लिएर आउने गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए।थाहखबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.