१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सामाजिक अभियन्ता रायको पहलमा टुहुरा बालबालिका न्यानो स्विटर – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सामाजिक अभियन्ता रायको पहलमा टुहुरा बालबालिका न्यानो स्विटर

सर्लाही,२६ पुष । सर्लाहीको मलंगवा नगरपालिकामा टुहुरा बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरिएको छ । नेपाल बाल सङ्गठन सर्लाही मलङ्गवा शाखा द्वारा सञ्चालित छात्रावासमा बस्ने ११ जना टुहुरा र वडा न.२ का ४ जना गरि जम्मा १५ जना बालबालिकाहरूलाई स्विटर वितरण गरिएपछि बालबालिकाहरू खुसी भएका हुन ।

शीतलहर तथा चिसोका कारण बालबालिकाहरूको स्वास्थ्य तथा शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले सामाजिक अभियन्ता सुन्दर श्याम रायको पहलमा आज न्यानो स्विटर वितरण गरिएको छ । राज हिजियारी वीरगंजको आर्थिक सहयोगमा बाल कल्याण समाज सर्लाही मार्फत सामाजिक अभियन्ता रायको पहलमा टुहुरा बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरिएको छ ।

शीतलहर चले सङ्गै केही दिन देखि राज हिजियारी विरगन्जको सहयोगमा बाल कल्याण समाज सर्लाहीले विभिन्न गाउँका बालबालिकाहरूलाई न्यानो स्विटर वितरण कार्यलाई तीव्रता दिँदै आएको छ । यसअघि पनि सामाजिक अभियन्ता रायकै पहलमा रामनगर गाउँपालिकामा बालबालिकाहरूलाई न्यानो स्विटर वितरण गरिएको थियो ।

स्विटर वितरण कार्यक्रममा वडा न. ८ का वडा अध्यक्ष मुकेश जैसवाल, वडा नं. ९ का वडा अध्यक्ष चन्देश्वर राय, कार्यपालिका सदस्य रामनन्दन महतो,सीता मेस्तर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही सखाका अध्यक्ष राजेश पासवान , मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका संयोजक मुकेश मिश्र, समाजसेवी पङ्कज सह लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.