१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मलंगवा नगरपालिकामा अतिक्रमित संरचना हटाउन थालियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मलंगवा नगरपालिकामा अतिक्रमित संरचना हटाउन थालियो

सर्लाही,२६ पुष ।सर्लाही जिल्लाकै सबैभन्दा पहिलो तथा पुरानो सदरमुकाम मलंगवा नगरपालिकामा अतिक्रमित संरचना हटाउन थालिएको छ । मलंगवा नगरपालिकाले मंगलबार दिउँसोबाट सडक अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमका अनुसार मलंगवा–नवलपुर जिल्ला राजमार्ग तथा सहायक राजमार्गको सडक खण्डमा पहिलेदेखि १५ मिटर चौडाई कायम गरि निर्माण भए अनुसार बीच बजारको मुख्य सडक वडा न–९ स्थित श्रीमति कृष्णादेवी मावि देखि नगरपालिका मेन चौक हुँदै वडा न–८ स्थित राजश्री सिनेमा सम्मको चौडाइलाई रेखांकन गरि सोही अनुसार निर्माणकार्य अघि बढाउन नगरकार्यपालिकाको गत पुस ५ गतेको निर्णयानुसार सडक क्षेत्र खाली गराउन लागेको हो।यसका लागि १५ दिने सार्वजनिक सूचना समेत जारी गरिसकेको र सोको समयपनि गत पुस २२ गते नै समाप्त भइसकेको र पुनः दोस्रोपटक थप गरिएको समय समय पनि गत पुस २५ गते सक्किएकोले मंगलबारबाट अतिक्रमण हटाएर सडक चौडा गर्ने कार्य सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो ।

उक्त अतिक्रमण हटाउने कार्य सम्बन्धित वडाका वडा अध्यक्ष लगायत सम्बन्धित घरधनी तथा स्थानीयबासी र सुरक्षाकर्मीहरुको रोहबरमा गरिरहेको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिनुभएको छ। नगरपालिका क्षेत्र भित्र सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन,यसरी नियम मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउँदै जानेछ,नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक सूचना जारी गरेपनि स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नगर प्रमुख यादवले बताउनुभयो । जनसागर पोखरी(कृष्ण देवी स्कुल) नजिक रहेको बसपार्क पनि यही माघ ५ गते मलंगवा नपा वडा न–२ मा रहेको नवनिर्मित बसपार्कमा सारिने नगरपालिकाले जानकारी गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.