१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
‘फ्री बिजुली, फ्री पानी’ वापतको ४५ लाख २६ हजारको चेक मेयर साहले हस्तान्तरण गरिन् – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

‘फ्री बिजुली, फ्री पानी’ वापतको ४५ लाख २६ हजारको चेक मेयर साहले हस्तान्तरण गरिन्

रौतहट । मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।

मेयर साहले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत बिधुत महसुलको तेस्रो किस्ता वापत ४५ लाख २६ हजार रकम आज बिद्युत प्राधिकरणलाई बुझाएकीक छन् । घरायसी मिटर र कृषी मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएका छ ।

मेयर साहले बिद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई सो वापतको चेक हस्तान्तरण गरेकी हुन् । मौलापुरका जनताले बुझाउनुपर्ने विद्युत महसुलको तेस्रो किस्ता नगरपालिकाले नै बुझाएको हो । यस अघि सोही कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षमा मात्रै अहिले सम्म ३ करोड ४३ लाख ५० हजार रकम नगरपालिकाले बुझाइसकेको छ ।

विगत पाँच बर्षदेखी मौलापुर नगरपालिकामा मेयर साहले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम लागु गर्दै जनताले तिर्नुपर्ने घरायसी र कृषि मिटरको रकम नगरपालिकाले तिर्दै आएको छ ।

यस्तै मौलापुरकी मेयर साहको पहलमा कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय परिवारका छोरीको विवाहका लागि नगद ३० हजार रुपैया उपलब्ध गराउँदै आएकी छन् । ‘असहायका साथ मेयर’ भन्ने कार्यक्रम अन्तरगत सो रकम मौलापुर नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकक्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।

मौलापुर नगरपालिकाको दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित साहले नगरपालिकामा शुन्य शुल्कको नीति लागु गरेकी छन् । मौलापुर नगरपालिका ३ गम्हरियाका अनुरुद्ध यादवले नगरपालिकाका मेयर साहको पहलमा जनताको पक्षमा भएको जनपक्षीय कामले सबैको मनछोएको बताए ।

‘नेपालमा धेरै पालिकाहरु छन् । तर हाम्रो पालिकाका मेयर रिना साहज्यूको कारण यहाँ पानीको बिल, खेतीगर्दा उठने विधुतको बिल सबै नगरपालिकाले तिर्छ । हाम्रोमा मालपोतको शुल्क होस वा अन्य कुनै सिफारिसको शुल्क लाग्दैन् । यस्तो मेयर मधेसमा मात्रै होईन नेपालमै छैन् । हामी धेरै खुशी छौं । यस्तो सेवा निरन्तर जारी रहोस्’ यादवले भने ।

मौलापुर नगरपालिका ९ सोनरनियाका उर्मिला पासवानले मेयर रिना साह वास्तवमा गरिबको मेयर रहेको बताइन । ‘यहाँको गरिब, असहाय परिवारका छोरीको विवाहमा ३० हजार नगद होस वा अन्य शुल्क मिनाहा गरिएको छ । हामीले तिर्नुपर्दैन, नगरपालिकाले नै तिर्छ । हामीले दिएको मतको कदर भएको छ’ पासवानले भनिन् ।

यस्तै सोही ठाउँकी पवित्रा देवीले मौलापुर नगरपालिकाको बिभिन्न सेवाहरु निशुल्क उपभोग गर्न पाउँदा खुशी लागेको बताइन् । ‘जनताको पक्षमा निर्णय गर्ने र कार्यान्वयन गर्ने यस्तो मेयर पाउनु हाम्रो लागि गर्वको बिषय हो । मौलापुरकी मेयर रिना साहबाट अरु मेयरले यस्तो कुरा सिकेर लागु गर्दा राम्रो हुन्छ’ देवीले भनिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.