१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही प्रहरीको ठुलो सफलता १६ क्विन्टल १२ के.जी गाँजा बरामद – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही प्रहरीको ठुलो सफलता १६ क्विन्टल १२ के.जी गाँजा बरामद

लालबन्दी । सर्लाही प्रहरीले ठुलो सफलता हात पारेको छ । सर्लाही प्रहरीले १६ क्विन्टल १२ के.जी गाँजा बरामद गरेको छ । सर्लाही जिल्लाका केहि भागमा लागू औषधको गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको गोप्य सूचनाको आधारमा लालबन्दी नगरपालिका, वडा नं १४, डाईनि खोला भन्दा माथी लङ्गुर डाँडाबाट बुधवार उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्यूरो जनकपुर शाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नेपालको न. १० गण सर्लाहीको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो ।

उक्त गाँजा काठको दुई तल्ले घरको भूई तल्लामा तलासी गर्दा कोठा भित्र टिनको ड्रम हरु र प्लाष्टिकको बोराहरु फेला परेको थियो
त्यस्तै घटना स्तलबाट १०० मिटर उत्तर लागु औषध गाँजा च्याप्ने मेसिन समेत फेला परेको हुँदा उक्त लागु औषध गाँजा जस्तो देखिने पदार्थ, ड्रम, बोराहरु र लागु औषध गाँजा च्याप्ने मेसिन समेत प्रहरी टोलीले बरामद गरी जनप्रतिनिधिको रोहबरमा डिजिटल मेसिनमा नापतौल गर्दा जम्मा १६१२ के.जी .८५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.