
हरिवन,१६ माघ ।सर्लाहीको हरिवन नगरपालिकामा हरिवन सिटी जेसिजको दोस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा विनोद महत नेतृत्वको हरिवन सिटी जेसीज वर्ष २०२२ ले केही दिनअघि सर्वसम्मत रुपमा राजेश प्रसाद चौधरीको नेतृत्वमा गठन भएको वर्ष २०२३ को नेतृत्वलाई कार्यभार सुम्मिएको छ ।
केहिदिन अघि हविनमा जेसीजको शाखाले मान्यता पाएपछि पहिलो साधारण सभाबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको थियो ।समितिको कार्यकारी उपाध्यक्षमा रामप्रवेश दास र श्रवण भट्टराई, उपाध्यक्षमा किरण कुमार थिङ, समुन्द्र देव खत्री, सन्दिप लामा र अर्ज‘न कुमार साह रहेका छन् ।नयाँ अध्यक्ष चौधरीसहित अन्य पदाधिकारीलाई यसअघिका निवर्तमान अध्यक्ष विनोद महतले शपथ ग्रहण समेत गराएका छन् ।
अध्यक्ष चौधरीले आफ्नो नेतृत्वलाई साथ, सहयोग र सल्लाहका लागि विभिन्न सामाजिक व्यत्तित्वहरुलाई समेटेर सल्लाहकारमा नियुक्त गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई जेसीज हरिवनको मानार्थ सदस्यता प्रदान गरिएको छ ।
त्यसैगरी, हरिवन सिटी जेसीजको वर्ष २०२२ मा भएको कार्यक्रमहरुका समाचार सप्रेषण गरी जेसीज अभियानलाई अग्रस्थानमा पु¥याउन योगदान गरेको भन्दै पत्रकार जनार्जन खत्रीलाई कदर–पत्रसहित सम्मान गरिएको छ । जेसीज पदस्थापन कार्यक्रमको सञ्चालन जेसीज वर्ष २२ का महासचिव श्रवण भट्टराईले गरेका थिए । हरिवन सिटी जेसीज २०२२ का अध्यक्ष विनोद महतको अध्यक्षतामा सम्राट पार्टी प्यालेसमा सम्पन्न पदस्थापन कार्यक्रममा हरिवन नगरपालिकाकाकी उपमेयर हरिमाया घलान, विभिन्न वडाका वडाध्यक्ष, जेसीजको एरिया बी हेर्ने राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, जेसीजको विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले विधि र पद्धतिको विश्वविद्यालय जेसीजबाट साजका नेतृत्वकर्ताले सिक्नु पर्ने बताएका छन् सिंहले आफु गाउँमा जन्मिएकाले जेसीजसँग जोडिन नापाएकोमा दुःख लागेको बताए ।उनले गाउँमा पनि जेसीजको शाखाहरु बिस्तार गर्न आग्रह गरे । सहर बजार केन्द्रीत जेसीजको शाखाहरु गाँउ देहातमा पनि बिस्तार भए त्याहाँका युवाहरुको नेतृत्व क्षमता बिकाश हुने उनको विश्वास छ । उनले लागुऔषध दुव्र्यसन नियन्त्रणमा लाग्न आग्रह गर्दै, अभियानमा आफ्नो पनि सहयोग रहने बताए ।