
चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण
चक्रघट्टा,१६ माघ । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा वडामै समाजिक सुरक्षा भत्ता बितरण भएपछि स्थानियहरु खुसी भएका छन । सोमवार वडा नं. १ शिवनगर बाट वडा स्तरमै समाजिक सुरक्षा वितरण भएको छ । गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले कार्यक्रमको उद्घाटन गरेका थिए ।
गाउँ भन्दा टाढा पुगेर भत्ता लिन बृद्धबृद्धा, एकल महिला तथा अशक्तलाई समस्या भएपछि वडामै पुगेर भत्ता बितरण कार्यक्रमको सुरुवात गरिएको हो । बैंकका कर्मचारी तथा पालिकाका कर्मचारी सम्बन्धित वडामा पुगेर सोमवारदेखि भत्ता बितरण गर्न थालेका छन् । पालिकाकामा आएर भत्ता बुझ्न समस्या भएपछि गाउँमै पुगेर भत्ता बितरण गर्न थालिएको गाउँपालिका प्रमुख कृष्ण कुमार यादवले बताएका छन् ।
पैदल वा सवारी साधनमा भत्ता बुझ्न आउँदा बृद्धबद्धालाई निकै समस्या हुने गरेको थियो । मेरै आखाँ अगाडी करिब ३ वर्ष अगाडी मोटरसाइकलमा चढेर भत्ता बुझ्न आउनु भएका एकजना बृद्धाको मोटरसाइकलबाट लडेर मृत्यु भएको थियो । उक्त घटना देखेपछि आफु चुनाव जितेपछि गाउँमै गएर भत्ता बितरण सपना देखेको थिए । आज मैले देखेको सपना सकार भएको छ ।
सामाजिक सुरक्षा बुझ्न अब कसैलाई कठिनाई झेल्नु पर्दैन् । आर्थिक वर्षको पहिलो किस्ताको रकम गाउँमै गएर बितरण गर्ने योजना थियो । तर, केही कठिनाईका कारण पहिलो किस्ताको रकम बाँड्न नसकिएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजिक कुमार यादवले जानकारी दिनु भएको छ ।
कर्मचारी व्यवस्थापन भएपछि दोस्रो किस्ताको रकम वडामै गएर बितरण गर्न थालिएको अधिकृत यादवले बताए । गाउँमै आएर भत्ता बितरण भएपछि बृद्धबृद्धालाई निकै सहज भएको चक्रघट्टा गाउँपालिकाका भाग्य नारायण महतोले बताए । धेरै नै राहत भएको छ । अब बृद्धबृद्धालाई भत्ता बुझ्न समस्या हुदैंन् ।
पहिलेदेखि नै यस्तो कार्यक्रमको सुरुवात गरिनु पर्ने थियो । तर, ढिलो आएपनि राम्रो कामको सुरुवात भएको महतोले बताए । यस्तो कामको सुरुवात गर्ने पालिकाप्रमुख, प्रशासकीय अधिकृत लगायत वहाँका सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।