
सर्लाही,२४ माघ । सर्लाहीको पर्सा गाउँपालिकामा जाडो तथा शितलहरको जोखिममा रहेको घरपरिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोग तथा जिल्ला प्रशासन कार्यालय सर्लाही र पर्सा गाउँपालिकाको समन्वयमा पर्सा गाउँपालिकामा अतिजोखिममा रहेको २ सय परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
मंगलवार पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवले न्यानो कम्बल विरतरण गर्नुभएको थियो । जोखिममा परेका पर्सा–२, का स्थानिय दौलतीया देवीले यो न्यानो कम्बल पाएर आफुहरु खुशी लागेको छु, सहयोगी संस्था तथा सरकारलाई धेरै धन्यवाद छ । विपद्को समयमा कम्बल पाएपछि आफुहरुलाई धेरै राहत भएको दौलतीया देवीले बताइन्न ।
पर्सा गाउँपालिका अध्यक्ष यादवले सहयोगी संस्था बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाललाइ धन्यवाद दिनुका साथै आउँदा दिनहरुमा पनि जोखिममा रहेका बालबालिका तथा घरपरिवारलाई सहयोग गरिदिनु हुनका लागि आग्रह गरेका छन ।
कम्बल वितरण कार्यक्रम प्रभावकारी रहेको छ । जसको केही छैन उसले पाएको छ र कम्बल आउने वर्षहरुमा पनि जाडोमा उपयोगी हुने पर्सा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका फोकल पर्सन चन्दा यादवले बताइन्न।