प्रहरीले एक महिनामै डेढ करोड भन्दा बढिको अवैध सामग्री भन्सार कार्यालयमा बुझायो

सर्लाही,४ साउन । सर्लाही प्रहरीले विभिन्न मिति तथा समयमा डेढ करोड भन्दा बढिको अवैध सामग्री सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाएको छ ।
प्रहरीले असार १ गते देखि असार ३१ गते सम्म गरी १ करोड ५७ लाख ७२ हजार ४ सय ४१ रुपैया बराबरको विभिन्न सामग्री सर्लाही भन्सार कार्यालय, मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत प्रहरी इकाईहरु समेतबाट खटिएका प्रहरी टोलीले सर्लाहीका विभिन्न स्थानहरूबाट अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको विभिन्न सामग्री प्रहरीले बरामद गरेको थियो ।
नियन्त्रणमा लिइएको सामग्रीहरुमा किराना सामान, लत्ता कपडा, चाइनिज लाइटर, इलेक्ट्रोनिक्स, कस्मेटिक, मेसिनरी पार्टस, कुखुराको चल्ला लगायत सवारी साधनहरु समेत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो।