२२ भाद्र २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः आजपाद्धारा उच्च स्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारवाही गर्न माग – Nigrani Today
ताजा खबरसमाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाः आजपाद्धारा उच्च स्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कारवाही गर्न माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानून अनुसारको कडा कारवाही गर्न माग गरेको छ ।

आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन तत्काल उच्च स्तरीय छानबीन समिति गठन गरी दोषीहरुलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछु’ प्रवक्ता साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै उनले सरकारले आफ्नो असक्षमता र अपराध ढाकछोप नगरी जिम्मेवारीपूर्वक ठोस एवं दीर्घकालिन तवरले यथाशिघ्र समस्याको समाधान गर्न दतचित भएकार लाग्न आजपाले सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यस्ता घटना आउँने दिनमा हुन नदिनका लागि समस्या समाधान तर्फ लाग्नुपर्ने सुझाव आजपाको छ ।

‘यस महत्वपूर्ण समस्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै कुनै पनि किन्तु परन्तु एंव अन्य बाहानाबाजिको आडमा आफ्नो असक्षमता र अपराध ढाकछोप गर्नुको सट्टा जिम्मेवारीपूर्वक ठोस एंव दीर्घकालिक तवरले यथाशिघ्र समस्या समाधानमा दत्तचित्त भएर लाग्न विशेष सुझाव सहितको माग गर्दछु’ आजपाले भनेको छ ।

‘नेपालमा मौसम र भौगोलिक प्रतिकुलताको अलावा हावाई कम्पनीले कम संख्यामा चालक दल राखु, उपभोक्ता हित विपरितको कार्यहरु गर्नु, दुर्घटनाहरु पछी तयार हुने प्रतिवेदनहरुको सुझावहरु कार्यान्वयन नगर्नु, आधुनिक प्रविधि एंव उपकरणहरूको अभाव, मानविय त्रुटि, पुराना बिमानहरुलाई उडान स्वीकृति, भ्रष्ट एंव लापरवाह नियमनकारी निकाय तथा सरकारको असक्षमता एंव गैरजिम्मेवारीपूर्ण भुमिकाले गर्दा नै विगत लामो समयदेखि विश्वमाझ नेपाली आकाश असुरक्षित रहेको परिचय बन्न पुगेको छ’ आजपाले भनेको छ ।

चालक दलका सदस्य र यात्रुसहित १९ जना सवार सौर्य एअरलाइन्सको ९ एन–एएमई जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा दुर्घटनामा परेको दुखद खबरले स्तब्ध तुल्याएको आजपा प्रवक्ता साहले जनाएका छन् । आजपाले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.