१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
पुराना पार्टीप्रति अब जनताको आकर्षण छैनः सीके राउत – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

पुराना पार्टीप्रति अब जनताको आकर्षण छैनः सीके राउत

वीरगञ्ज – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अहिले आफ्नो पार्टी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीभन्दा ठूलो दल बनेको बताएका छन्।

वीरगञ्जमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा पाएको समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा ठूलो दल बनेको बताएका हुन्।

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा समानुपातिक मतको आधारमा जसपा र लोसपाभन्दा जनमत पार्टी ठूलो बनिसकेको राउतको भनाइ थियो।

उनले भने, ‘जनमत पार्टीको समानुपातिक मत हेर्नुहुन्छ भने मधेस प्रदेशमा जसपाभन्दा पनि ठूलो पार्टी छ,’ उनले भने, ‘लोसपाभन्दा पनि ठूलो पार्टी जनमत पार्टी हो। यति वाधा व्यवधानको बाबजुत पनि राष्ट्रिय पार्टी पनि बन्न सफल भयौँ।’

चुनाव लड्न सक्ने उम्मेदवासित खर्च गर्ने पैसासमेत नभएको अवस्थामा चुनाव लडेर आफ्नो पार्टी राष्ट्रिय पार्टीसमेत बन्न सफल भएको उनले बताए।

राउतले सप्तरी जिल्लामा मात्रै समानुपातिकतर्फ ८६ हजार मत ल्याएको बताए। पर्सा जिल्लामा एमालेभन्दा २० हजार मतले मात्रै पछि रहेको बताउँदै एमालेभन्दा ठूलो पार्टी बन्ने क्षमता जनमत पार्टीको पर्सा जिल्लामा रहेको उनले बताए।

ठूला पार्टी चुनावमा जान डराएको भन्दै उनीहरुले गठबन्धन गरेर चुनाव लडेको भए पनि अफ्नो पार्टी एक्लै चुनावमा भाग लिएर राष्ट्रिय पार्टी बनेको राउतले बताए।

अरु पार्टीको सम्भावना देशमा सकिएको भन्दै राउतले पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेको टिप्पणी गरे। पुराना पार्टी पुरानो गाडीजस्तो भइसकेपछि नयाँ गाडी चढ्नुपर्ने आवश्यकता आउने भएकाले अहिले जनताले नयाँ पार्टीको रुपमा जनमत पार्टीप्रति आकर्षित बनेको राउतले बताए।

पुराना पार्टीहरुलाई हेर्दाहेर्दै जनता थाकिसकेकोले आफनो पार्टी वैकल्पिक शक्ति बन्नेतर्फ अघि बढेको उनको भनाइ थियो।देशसञ्चार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.