११ फाल्गुन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पुर्व मन्त्रीको  हत्या – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पुर्व मन्त्रीको  हत्या

सर्लाही,७ साउन। सर्लाहीमा धारिलो हतियार प्रयोग गरि पुर्व मन्त्रीको  हत्या भएको छ ।

गए राति चन्द्रनगर गाउँपालिका वडा नं १ रतनपुरमा पुर्व भुमिसुधार राज्यमन्त्री  अन्दाजी ७५ वर्षिय रामचन्द्र राय यादवको  आफनै निवासमा हत्या भएको छ ।

पुर्व मन्त्री  यादवको टाउकोमा पटक पटक धारिलो हतियारले हानी हत्या गरेर हतियारधारी व्यक्ति फरार भएका छन ।

घटना स्थलमा डिआजी सहितको प्रहरी टोली घटना स्थलमा पुगेको तथा तथा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा  सूचना अधिकारी दिपक श्रेष्ठले  जानकारी दिनुभयो । यादवको शव पोस्टमार्टमका लागि  मलंगवा लयाईको र आवश्यक अनुसन्धान कार्य भैरहेको सूचना अधिकारी श्रेष्ठले  जानकारी दिनुभयो ।

मलंगवा नगरपालिकामा समेत घर भएका पुर्व मन्त्री  यादवको चन्द्रनगरमा करिब सयौ बिघा खेत रहेको छ ।
सोही खेत रोपाइँ गर्न आउनु भएको यादवको  गए राति करिब ११ बजेतिर मौका छोपी अज्ञात व्यक्तिले हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ ।

यादव पंनचायत काल र बहुदलीय व्यवस्थामा पटक पटक सांसदमा निर्वाचित भएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button