३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लायन्स क्लवले हरिवन नगरपालिकाका पाँच स्थानमा सामाजिक कार्य गर्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचार

लायन्स क्लवले हरिवन नगरपालिकाका पाँच स्थानमा सामाजिक कार्य गर्यो

सर्लाही,२० माघ ।लायन्स क्लवले आज एक साथ सर्लाहीको हरिवन नगरपालिकाका पाँच स्थानमा सामाजिक कार्य गरेको छ ।

लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेका अनुसार दुई स्थानमा ह्वील चियर प्रदान, मानव आश्रममा भोजन सेवा, बाढिपीडित सुकुम्वासी स्कुलमा न्यानो कपडा वितरण र लायन्सको सम्पर्क कार्यालय उद्घाटन आजै सम्पन्न गरिएको हो ।


लायन्स क्लव डिष्ट्रीक ३ सय २५ ई अन्तर्गत नववुद्ध, ग्रीनतारा र लियो नववुद्ध क्लववाट लायन सुर्य वहादुर तमाङ, सुनिल अर्याल, सीता पुरी, दयावज्र लामा, चादनी मोक्तान र विश्व लामा सहितको टोली सामाजिक सहकार्यको लागि सर्लाही आएको थियो ।
हरिवन नगरपालिका वार्ड नम्वर ११मा नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यमा विहान कार्यालय उद्घाटन गरिएको थियो । कार्यालय संचालनको लागि लायन रोशन वराईलीले निशुल्क रुपमा कोठा उपलव्ध गराउनु भएको छ ।


यस्तै मानव सेवा आश्रममा लायन रत्नमाया एवं हरि वहादुर बलको २७ को वैवाहिक उत्सवको अवसरमा भोजन सेवा गराइएको आश्रमले जनाएको छ ।
आजै लायन्सले हरिवन नगरपालिका वार्ड नम्वर १० को वाडिपीडित सुकुम्वासी प्राविका १ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष सम्भु मैनालीले आफ्नो वडाको विद्यालयमा कपडा वितरण गरिदिएकोमा लायन्सको टोलीलाई धन्यवाद दिनुभयो ।
लायन्सले हरिवन वडा नम्वर ११ का अध्यक्ष शेष मेहवुव रेजाको उपस्थितीमा स्थानीय स्नातक प्रथम वर्षका विद्यार्थी सनवर अलिलाई तीनपाग्रे साईकल अर्थात ह्वील चियर प्रदान गरेको छ ।

यसै गरि स्थानीयवासीको उपस्थितीमा हरिवन वडा नम्वर ४ की ६५ वर्षिय वुद्धिमाया स्याङतानलाई पनि हवील चियर वितरण गरिएको थियो । शरिरको तल्लो भागमा समस्या रहेकाले ह्वील चियरले आफुहरुलाई सजिलो हुने ह्वील चियर प्राप्त गर्ने दुवैले वताउनुभएको छ ।


काठमाडौदेखि आएर सामाजिक कार्यमा योगदान गरिदिएकोमा लायन्स क्लव सर्लाहीका अध्यक्ष चूडामणि वाग्लेले लायन्सको पाहुना टोलीलाई हार्दिक आभार प्रकट गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.