१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरका २८ जना खेलाडीलाई निःशुल्क ट्रयाक सुट सेट वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरका २८ जना खेलाडीलाई निःशुल्क ट्रयाक सुट सेट वितरण

सर्लाही,२२ माघ । सर्लाहीको हरिपुर नगरपालिकाले २८ जना खेलाडीहरुलाई निःशुल्क ट्रयाक सुट प्रदान गरेको छ ।

आइतवार हरिपुर नगरपालिकाले पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भएका हरिपुरका २८ जन खेलाडीहरुलाई सम्मान स्वरुप ट्रयाक सुट वितरण गरेको हरिपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख बिनय पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाकै सभाहलमा नगर प्रमुख गोपाल पजियार, उप–प्रमुख निलम देवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, समाजिक विकास शाखा प्रमुख रुपलाल देवकोटा, स्वास्थ्य शाखा प्रमुख लगायतका व्यक्तिहरुले खेलाडीहरुलाई क्रमश ट्रयाक सुट सेट वितरण गरेको प्रशासन शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.