५ चैत्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्कुल बसको ठक्कर बाट सर्लाहीमा एक बालकको घटना स्थलमा मृत्यु – Nigrani Today
ताजा खबर

स्कुल बसको ठक्कर बाट सर्लाहीमा एक बालकको घटना स्थलमा मृत्यु

सर्लाही,५ चैत्र ।सर्लाहीमा स्कुल बसको ठक्कर बाट एक बालकको घटना स्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती नगरपालिका वडा नं २ सानो डाबरी बस्ने श्याम गोलेको छोरा २ वर्षीय यनस गोले रहेको छ । आज बिहान सर्लाही बागमती नगरपालिका वडा नं २ सानो डाबरी एनसिएलको टावर नजिकै भित्री सडक खण्डमा जिरायतबाट हरिवन तर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासिय बिधालयको स्कुल बसले २ वर्षीय यनस गोलेलाई ठक्कर दिएको थियो । ठक्कर पश्चात बालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक हरिवन नगरपालिका वडा नं ११ प्रगति टोल बस्ने ५० वर्षीय सुर्य बहादुर थापा लाई इलाका प्रहरी कार्यलय हरिवनको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button