१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा २० वर्ष पछि विवाह गर्ने तेस्रो छोरी प्रोत्साहित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा २० वर्ष पछि विवाह गर्ने तेस्रो छोरी प्रोत्साहित

सर्लाही,२८ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अनत्य गर्न तथा छोरीहरूको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान सुरु गरेपछि चन्द्रनगरका छोरीहरु उच्च शिक्षा प्राप्त गरेर २० वर्ष कटेपछि बिहे गर्न थालेको छ । चन्द्रनगर गाउँपालिकामा अहिले सम्म तिन छोरीहरु प्रोत्साहन रकम पाएको छ ।

शनिवार वडा नं. ७ निवासी सोनम कुमारी चौधरी प्रोत्साहन तथा सम्मान अनुदान रु. ५० पाएकी छिन् ।सोनमले कक्षा १२ उतिर्ण गरि २० वर्ष पछि विवाह गरेपछि विवाह मन्डपमै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रोत्साहन स्वरुप चेक हस्तान्तरण गर्नुभएको छ ।

शुक्रवार पनि चन्द्रनगर गााउँपालिकाको विषेश पहल “बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि कार्यक्रम” अन्तरगत वडा नम्बर ७ चन्द्रनगर निवासी पिंकी कुमारी साहलाई ५० हजारको चेक हस्तान्तरण गरिएको थियो । यसैगरी केही महिना पहिला वडा नंं. २ निवासी २२ वर्षिया बेहुली रेणु सिंहलाई पनि रु ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।

नव निर्वाचित जनप्रतिनिधिहरुले गाउँपालिकामा छोरीहरूको उच्च शिक्षा बिचमै रोकिने परम्परा हटाउन र बालविवाह न्युनिकरण गर्ने निर्णय गरेको थियो ।तराई मधेशमा अहिले पनि बालविवाह व्यापक हुने गर्दछ । चन्द्रनगरमा भने यो अभियान सँगै परिवर्तन भएको छ ।

गाउँपालिकाले बालविवाह अनत्य तथा छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन अभियान थालेपछि अभिभावक पनि सचेत बनेका छन् ।गाउँपालिका अध्यक्ष महतोले छोरीको उच्च शिक्षामा पहुँच पु¥याउन गाउँपालिकाले एउटा छोरीमा ६१ हजार लगानी गरेको बताउनुभयो ।

स्नातक तह प्रथम वर्षमा भर्ना भएका छोरीलाई समेत गाउँपालिकाले नगद रु ११ हजार दिने गरेको अध्यक्ष महतोले बताउनुभयो ।उहाँले प्लस २ पास गरी २० वर्ष उमेर पुरा गरी छोरीले बिहे गरेमा त्यस्ता नवविवाहित जोडीलाई ५० हजार र स्नातक प्रथम वर्षमा अध्ययनरत छोरीलाई ११ हजार गरी गाउँपालिकाले ६१ हजार लगानी गरेको बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.