९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
ट्याक्टर दुर्घटना हुदा सर्लाहीमा दुई जनाको मृत्यु, ३ जना घाइते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ट्याक्टर दुर्घटना हुदा सर्लाहीमा दुई जनाको मृत्यु, ३ जना घाइते

फागुन ९ । सर्लाहीमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ट्याक्टर चालक रौतहट जिल्ला गढीमाइ नगरपालिका -९ घर भएका ५५ वर्षीय जयलाल सहनी र ट्याक्टर सवार त्यसही ठाउँ बस्ने ५० वर्षीय रामनाथ सहनी रहेका छन ।
रौतहटको समनपुबाट सर्लाही आउदै गरेको ना १ त २१९७ नम्बरको ट्याक्टर बुधबार दिउसो नहरमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रौतहटबाट आलु खन्न १४ जना कामदार लिएर सर्लाही आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर नहरमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा गम्भीर धाइते भएका १७ वर्षीय आकाश सहनी, ७ वर्षीय किसन सहनी सहित ३ जनालाई थप उपचारका लागि वीरगञ्ज पठाएको छ । घाइते अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.