
सर्लाही,१२ जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ गढाटोलमा लाखौँको लागतमा भारतीय नागरीक अशोक प्रसाद गुप्ताले आफनो व्यक्तिगत खर्चमा गढीमाई मन्दिर निर्माण गरेको भन्दै चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ ।
भारतको जिल्ला सितामढी स्थित सुरसण्ड बजार बस्ने गुप्ताले लगभग १९ लाखको लागतमा गढीमाई मन्दिर निर्माण गरेपछी धार्मिक, साँस्कृतिक र पर्यटकिय विकासमा योगदान पु¥याएको भन्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले एक कार्यक्रम गरी सम्मान पत्र प्रदान गर्नुभएको छ ।
चन्द्रनगर वडा नं. ४ गढाटोलमा अवस्थित, धार्मिक तथा साँस्कृतिक धरोहर र आस्था रहेको गढीमाई मन्दिर नभएको अवस्थामा आफ्नो व्यक्तिगत लगानीमा मौलिक शैलिमा सुन्दर र गुणस्तरीय मन्दिर निर्माण गराई आम जन मानवको श्रद्धा र विश्वासलाई भारतीय नागरीक गुप्ताले जितेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।
सरकारी स्तर बाट पनि हुने काम भन्दा बढि गुणस्तरीय काम भारतीय नागरीक गुप्ताले गरेको हुदाँ यो एउटा उदाहरण र हाम्रो लागि प्रेरणाको स्रोत पनि बनेको गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।भारतीय नागरीक गुप्ताले बुधवार हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना गरेका थिए ।
भारतीय नागरीक समाजसेवी गुप्ताकोे भाकल पुरा भएपछी मन्दिर निर्माण गरेको थिए ।गढाटोलमा धेरै वर्ष देखि गढीमाईको खुल्ला ठाउँमा रहदै आएको थियो मन्दिर निर्माण भएपछि हिन्दु परम्परा अनुसार गढीमाईको मुर्ति स्थापना भएको स्थानिय जयमंगल गुप्ताले जानकारी दिनुभयो ।भारतीय नागरीक गुप्ता कपडा व्यवसायी हुनुहुन्छ ।