३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आजपाले आउँदो बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचन अस्वीकार गर्ने – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

आजपाले आउँदो बैशाख १० गते चितवन २ मा हुने उपनिर्वाचन अस्वीकार गर्ने

काठमाडौं ।आम जनता पार्टी (आजपा)ले निर्वाचन आयोगको उपनिर्वाचन गराउँने निर्णय पक्षपाती, द्धयद एवं हतारोको निर्णयलाई पार्टीले अस्वीकार गर्ने भएको छ ।

निर्वाचन आयोगले चितवन २ मा आउँदो १० बैशाखमा उपनिर्वाचन गराउँने निर्णय गरेर निर्वाचनको कार्यक्रम अगाडी बढाएपछि आजपाले आयोगको सो निर्णय पक्षपाती भएको ठहर गरेको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण (सिवि) साहले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसंगै थप केही क्षेत्रमा समेत उपनिर्वाचन गराउँनुपर्ने बताउँदै कुनै व्यक्ति वा पार्टीलाई फाईदा पुर्याउँने बदनियतपूर्ण उदेश्यले आयोगले उपनिर्वाचन गराउँन लागेको बताए ।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन पश्चात रिक्त हुने क्षेत्र सहित चितवन २ मा समेत एकैचोटी उपनिर्वाचन गराउँदा मुलुकलाई फाईदा हुने उनले बताए । संसदको अघिल्लो कार्यकालमा आफूहरुले पटक पटक प्रतिनिधिसभा र प्रदेश सभा सदस्य विहिन क्षेत्रमा उपनिर्वाचन गराउँन माग गर्दा आयोग कानमा तेल हालेर बसेको आरोप साहको छ ।

‘विगत (अघिल्लो कार्यकाल) मा हाम्रो आम जनता पार्टीका आदरणीय अध्यक्ष मा. प्रभु साहज्यू लगायत प्रतिनिधि सभा र प्रदेश सभा गरी लगभग १ दर्जन जति निर्वाचन क्षेत्र जनप्रतिनिधि विहीन भएको बखतमा हामीले संवैधानिक व्यवस्था बमोजिम पटक–पटक उपनिर्वाचन गराउन ध्यानाकर्षण एवं माग गर्दा समेत कानूनी राज्य, विधिको शासन तथा आम जनता र जनप्रतिनिधिको संवैधानिक हकलाई नजरअन्दाज एवं उपहास गरी कानमा तेल हालेर सुत्ने यहीं निर्वाचन आयोग आज एकाएक कुनै अमुक व्यक्ति वा पार्टीलाई फाईदा पुर्याउने बदनियतपूर्ण उद्देश्यले उपनिर्वाचन गर्न यस्तो अनुचित हतारो गर्नु दुखद एवं आपत्तिजनक विषय हो’ प्रवक्ता साहले भने ।

स्वतन्त्र र निश्पक्ष निर्वाचन कुनैपनि जीवित लोकतन्त्रको लागि एउटा सुन्दर गहना भएको बताउँदै उनले मुलुकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट केहि दिनभित्रमा नै खाली हुने क्षेत्रहरुमा एकैचोटी उपनिर्वाचन गराउँनुपर्ने माग आजपाले गरेको छ ।

‘उपनिर्वाचन गराउनैपर्ने सम्भाव्य अपरिहार्यतालाई समेत वेवास्ता गर्दै देशको महत्वपूर्ण समय र राज्य कोषमा दोहोरो भार एवं नकारात्मक असर पर्ने गरी गर्न लागिएको पक्षपाती एवं बदनियतपूर्ण निर्वाचनलाई तत्काल स्थगन गरी चितवन २ र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन पछि खाली हुने सबै निर्वाचन क्षेत्रहरूमा एकैपटक मितव्ययी ढंगले निर्वाचन गर्न गराउन आयोगसंग जोडदार माग गर्दछु’ प्रवक्ता साहले भने ।

आफूहरुको मागको समयमै सुनवाई वा सम्बोधन नभए आयोगको गÞलत निर्वाचनमा आजपा सहभागी नहुने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.