६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कृष्णजन्माष्टमीको उपलक्षयमा धरहरीमा वडा अध्यक्ष साहद्वारा मेलाको उदघाटन – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

कृष्णजन्माष्टमीको उपलक्षयमा धरहरीमा वडा अध्यक्ष साहद्वारा मेलाको उदघाटन

 

 

सागर संगम ठाकुर,रौतहट 

भदौ १० गते ,सोमबार ।

 

रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा वडा अध्यक्ष वीर बहादुर साहले कृष्णजन्माष्टमीको उपलक्षयमा आयोजना गरिएको मेलाको उदघाटन गरेको छ ।

अध्यक्ष साहले सोमबार एक कार्यक्रमको बिच उक्त मेलालाई उदघाटन गरिएको हो ।

धरहरी स्थित ब्रहमबाबा राम जानकी मठमा युवाहरुको समुहले आयोजना गरेको श्री कृष्णजन्माष्टमी महोत्सव मेलालाई उदघाटन गरिएपछि टिकटक स्टारहरुले सांस्कृतिक कार्यक्रमको शुरुआत भएको थियो ।

मेला समितीका अध्यक्ष एंम स्थानिय युवा नेता रंजन साहको अध्यक्षतामा शुरु भएको मेलामा टिकटक स्टार राजकुमार साहको टिमले आफनो प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

भारतको अयोध्यामा नव निर्मित राम मन्दिर उदघाटनको अवसरमा धरहरी स्थित ब्रहमबाबाको प्राङ्खणमा नवनिर्मित मन्दिरमा भगवान राम, माता सिता र लक्ष्मणको मुर्तिलाई प्राणःप्रतिष्ठा गरिएको थियो ।

मन्दिरमा प्राणःप्रतिष्ठा भएदेखि युवाहरुको एक समुहल चन्दाकै बलमा मन्दिरममा हाल सम्म कयौपटक धार्मिक अनुष्ठाका कार्यक्रमहरु गरि सकेका छन ।

कृष्णजन्माष्टमी मेलामा वडाका युवाहरुले आफुँ खुशी चन्दा दिएर मेला आयोजना गरेको थियो ।

मेला लाग्ने निश्चित भएपछि देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहले मेला उदघाटन गर्छु भन्नेर चन्दाँ स्वरुप दश हजार दिएको र पछि आफु मेला उदघाटन गर्दैन्न भनेर पैसा फिर्ता लिएको मेला समितीका अध्यक्ष रंजन साहले जानकारी दिनु भयो ।

कहि नभएको जत्रा हाडी गाँउमा देखियो । भन्ने कुराको प्रमाण एक चोटि फेरी देवाही गोनाहीमा देखियो । नगर प्रमुख प्रेमलाल साहले त्यो प्रमाणित गरेको छ ।

भन्छ मान्छेले छोरीलाई दिएको दाईजो र मठ–मन्दिरमा दिएको दान कसैले फिर्ता माग्दैन्न् तर मेयर साहले यो परमप्ररालाई उल्टयाएको देखिन्छन ।

मेयर साहले नगरपालिका भित्र सस्तो लोकप्रियता कमाउन ठाँउ ठाँमा चन्दा सकार गर्छन तर सकार गरेको चन्दा कसैलाई दिदैन्न सकार गरेको चन्दा नदिदा ठाँउठाँउबाट आलोचित हुदै आएका छन ।

कार्यक्रममा बिशिस्ट अतिथीकाे रुपमा श्री जय किसान नमुना माध्यमिक बिद्यालय धरहरीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामन्नदन साह,प्रधानाध्यापक संजय प्रसाद अतिथिहरुमा युवा नेता विबेक यादव,राजेश साह,नागेन्द्र यादव,शंकर साह,हरिश्चन्द्र यादव,जनमत पार्टीका मेयर प्रत्यासी नरेन्द्र साह,बिश्वनाथ साह,खुबलाल दास,रामचन्द्र साह लगाएत स्थानीय भद्वभलादमी बुद्धिजीवी सुरक्षाकर्मी र स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button