१२ आश्विन २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चन्द्रनगर गाउँपालिकाले फरक तरिका बाट मनायो विश्व क्षयरोग दिवस – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकाले फरक तरिका बाट मनायो विश्व क्षयरोग दिवस

सर्लाही,१० चैत्र । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा फरक तरिकाबाट १४१औं विश्व क्षयरोग दिवस मनाएको छ ।

शुुक्रवार चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा बागमती सेवा समाज नेपाल हरिवनको सहयोगमा वडा नं. ४ पोखरीया र वडा नं. ५ मोहनपुरमा फरक कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो ।

बिरामीहरु मार्फत क्षयरोग सम्बन्धी समुदायमा जनचेतना लगायत शंकास्पद बिरामीहरुको खकार संकलन गरी फरक तरिका बाट चन्द्रनगरमा विश्व क्षयरोग दिवस मनाइएको स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयोे ।

सर्लाहीको अन्य पालिकाहरुमा पोष्टर, पम्फलेट, तथा विभिन्न नारा सहितको ¥याली गरी क्षयरोग दिवस मनाए पनि हामीले उपलब्धी मुलक नतिजा आउने खालको कार्यक्रम गरी क्षयरोग दिवस मनाएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताउनुभयो ।


चन्द्रनगरमा ,हो हामी क्षयरोग अन्तय गछौँ मुल नाराको साथ विश्व क्षयरोग दिवस मनाउँदै करिब ३० जनो शंकास्पद बिरामीहरुको खकार संकलन गरी क्षयरोग दिवस मनाइएको स्वास्थ्य शाखाका सह– संयोजक मुकेश महतोले जानकारी दिनुभयो । वडा नं. ४ मा २१ जना र वडा नं. ५ मा ९ जनाको शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी ल्याबमा पठाइएको सह– संयोजक महतोले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.